दैलेख चामुण्डामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत। दैलेखको चामुण्डाबिन्द्रसैनी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ । नगरपालिका–६ लैनचौवर स्थित पदमपुर मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार जम्बुकाँधदेखी दुल्लुतर्फ जादै गरेको कर्णाली प्रदेश ००१ त ००१९६ नम्बर ट्याक्टर दुर्घटनमा परेको हो । उक्त दुर्घटनामा परि भैरबी गाउँपालिका–३ का अन्दाजी २२ वर्षीय ट्याक्टर सह–चालक पवन वि.कको मृत्यु भएको छ ।

ट्याक्टर सडकबाट करिब ६ मिटर तल खसेको थियो । उक्त ट्रयाक्टरमा सवार चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का १९ वर्षीय राजु शाही र १७ वर्षीय सतल शाही बेहोस अवस्थामा रहेको र उनिहरुको उपचारको लागि दुल्लु अस्पताल तर्फ पठाईएको प्रहरीको भनाई रहेको छ ।

यस्तै, चालक भैरबी गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय गंगन तिरुवाले फरार भएको र प्रहरीले खोजी कार्य जानरी राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया