नेपाल प्रहरीकाे आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेकाे हाे ।

सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थिए ।

आईजीपीका लागि सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुककाे नाम पनि चर्चा रहेपनि सरकारले तेस्रो वरियताका सिंहलाई आईजीपीमा नियुक्त गरेको हो ।

तपाईको प्रतिक्रिया