यस्ता छन्, कांग्रेसबाट वीरेन्द्रनगर–१ वडा अध्यक्षका उम्मेदवार खत्रीका प्रतिबद्धता

सुर्खेत । नेपाली कांग्रेसबाट सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदमा उमेदवार दिनेश खत्रीले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

खत्रीले उक्त चुनावी प्रतिबद्धतामा सुकुम्वासी समस्या समाधानसहित हातहातमा लालपुर्जा उपलब्ध गराईने, फोरलेन सडक र हटलेन सडकसँग जोडिएका सम्पूर्ण सडक कालोपत्रेसहित अन्य सडकहरू स्तरोन्नती गरिने उल्लेख गरिएको छ ।

यस्ता छन्, खत्रीका प्रतिबद्धता

• गुरूयोजना अनुसारका सडकहरूको तुरून्त लगतकट्टा गरी सडक स्तरोन्नती गरिनेछ ।

• उत्तरी जलाधार क्षेत्र अन्तर्गतका २ सामुदायिक वनको संरक्षणसहित पानीका मुहान व्यवस्थापन गरी खानेपानीको समस्या समाधान गरिनेछ ।

• प्रत्येक टोलटोलमा आवश्यकता अनुसार विद्युत थ्रि फेज लाइन विस्तार गरिनेछ । वडाका प्रत्येक सार्वजनिक स्थलमा WIFI, Internet फ्रि गरिनेछ ।

• सामुदायिक विद्यालयहरूको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि गरिनेछ ।

• दलित, जेहेन्दार र पिछडिएका विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।

• वडा नं १ मा बसपर्क निर्माण प्रक्रिया अगाडी बढाईनेछ ।

• युवाहरूका लागि खेलमैदान व्यवस्थापन तथा निःशुल्क खुल्ला जिम क्लवको स्थापना गर्ने ।

• लागु औषध दुर्व्यसनीविरूद्ध युवाहरूको सक्रियतामा जनचेतनामूलक कार्यक्रममार्फत लागु औषधमुक्त क्षेत्र घोषणा गर्ने ।

• दलित, जनजाती, महिला, बालबालिका, अशक्त र जेष्ठ नागरिकहरूका लागि लक्षित कार्यक्रम ल्याइने । बेरोजगार युवा युवतीहरूका लागि विभिन्न सिपमूलक तथा रोजगारमुखी कार्यक्रम संचालन गर्ने । त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई प्रविधिमैत्री र प्राविधिक विद्यालयको रूपमा विकसित गर्ने ।

• वडामा  प्रविधि सहितको सुविधा सम्पन्न सामुदायिक पुस्तकालय व्यवस्थापन गरिनेछ । स्वास्थ्य बीमा सहित जेष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा घर घरमा उपलब्ध गराउने ।

• वडाका व्यस्त सडक तथा मूख्य चोकहरूमा सडक बत्ती र सि.सि क्यामरा जडान गरिनेछ ।

• जेष्ठ नागरिकहरूका लागि विश्रामस्थल निर्माण तथा गर्भवती महिलाहरूलाई निःशुल्क भिडियो एक्सरे र सुत्केरी महिलाहरूका लागि घर घरमै पुगी स्वास्थ्य परीक्षण गराइनेछ ।

• गर्भवती महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

• जेष्ठ नागरिकहरूको लागि प्रत्येक ६/६ महिनामा निःशुल्क आँखा स्वास्थ्य जाँच गरी मोतिबिन्दुको निःशुल्क अपरेशन गरिनेछ ।

• पाँच वर्ष मुनिका सम्पूर्ण बालबालिकाको पोषण स्थिति जाँच गराई कुपोषण न्यूनिकरण गरिनेछ । ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका नागरिकको आयआर्जनमा सुधारका निम्ति नगरपालिकासँग वडाको कुल बजेटको २० प्रतिशत अतिरिक्त रकम व्यवस्थापनका लागि पहल गरिनेछ ।

• फोहोरलाई मोहोरमा परिणत गर्दै ल्याण्डफिल्ड साइटबाट उत्पादित जैविक मल किसानहरूलाई सहज रूपमा उपलब्ध गराउने र त्यस क्षेत्रका नागरिकहरूलाई रोजगारीको अवसर सिर्जना गरिने ।

• व्यवसायिक कृषि तथा पशुपालनका लागि निम्न आय भएका कृषकहरूलाई सहुलियत तथा सहयोगसहित व्यवसायिक कृषि तथा पशुपालनमा जोड दिईनेछ । आवश्यकताका आधारमा वडा भित्र रहेका सम्पूर्ण खोलाहरूमा तटबन्धन व्यवस्था गरिनेछ ।

• सामुदायिक वन क्षेत्रभित्र रहेका खाली भू-भागमा प्रधानमन्त्री तथा मुख्यमन्त्री स्वरोजगार कार्यक्रममार्फत जडिबुटी उत्पादन गरी प्रशोधनको व्यवस्थासहित रोजगारीको व्यवस्था मिलाईनेछ ।

• छाडा पशु नियन्त्रणका लागि घुम्ती गौशाला निर्माण गरिनेछ ।

 

तपाईको प्रतिक्रिया