स्थानीय तह निर्वाचन

यस्ता छन्, वीरेन्द्रनगरको उप–मेयरका स्वतन्त्र उम्मेदवार ढकालका प्रतिबद्धता

सुर्खेत । सुर्खेतको वीरेनद्रनगर नगरपालिका उप–मेयरमा स्वतन्त्र उम्मेदवार अनिल ढकालले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

यहीँ बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्रबाट वीरेन्द्रनगरको उप–मेयरका उम्मेदवारी दिँदै आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

उनका प्रतिबद्धतामा नगर भित्रको सार्वजनिक यातायातलाई साझेदारी प्रणालीबाट सहज, सुरक्षित र सस्तो, प्रत्येक घर सार्वजनिक क्षेत्र र सडकमा हरियाली प्रवर्द्धन गरि वातावरणलाई स्वच्छ सफा बनाउने लगायतका योजना रहेका छन् ।

१) योजना प्रणालीलाई ब्यक्तिप्रधान हैन विधिप्रधान गराउने छु ।

२) टोल विकास संस्थाहरुलाई नगर विकासको आधारभूत तहको रुपमा स्थापित गर्नेछु ।

३) व्यवस्थित रक्तसंचार सेवा, आपतकालिन सेवा, बालअधिकार संरक्षण तथा खाद्य सुरक्षा नगरको प्राथमिकताका विषय हुनेछन् ।

४) नगर शिक्षा योजना तथा शैक्षिक प्रणालीलाई व्यवहारिक एवम बैज्ञानिक बनाउने छु ।

५) स्वास्थ्य सेवा सुबिधामा सबैको सर्वव्यापी पहुँचलाई प्रभावकारी बनाउनेछु । प्रवर्द्धनात्मक, रोकथाम, उपचार, पुनर्स्थापना र प्रशामक स्वास्थ्य सेवाहरुमा समतामूलक लगानि र विकास गर्नेछु ।

६) नगर भित्रको सार्वजनिक यातायातलाई साझेदारी प्रणालीबाट सहज, सुरक्षित र सस्तो बनाउनेछु ।

७) उत्तरी जलाधार क्षेत्रको संरक्षण गरि भु–जलको सतहमा सुधार ल्याइ पानीको समस्या समाधान गर्नेछु ।

८) प्रत्येक घर सार्वजनिक क्षेत्र र सडकमा हरियाली प्रवर्द्धन गरि वातावरणलाई स्वच्छ सफा बनाउनेछु ।

९) उपभोग्य बस्तु तथा सेवाहरुको आपूर्ति ब्यबस्थापनलाई सहज, सरल, सस्तो तथा आम उपभोक्ताको स्वास्थ्य मैत्री बनाउनेछु ।

१०) खेलकुद, युवा उद्यम, दुर्व्यवसनी नियन्त्रण कार्यक्रमलाई वडा हुँदै टोलस्तर सम्म विकास गर्नेछु ।

११) सामुदायिक वनको संरक्षण, सम्वर्द्धन र विकास गर्दै आय आर्जनका क्रियाकलाप संचालन गर्नेछु ।

१२) सूचना प्रविधिलाई सरल, सस्तो, पहुँचयोग्य र प्रभाबकारी बनाइनेछ ।

१३) विश्वविद्यालयहरु संगको सहकार्यमा अनुसन्धान र विकास प्रणाली अपनाइ सामाजिक, सांस्कृतिक र व्यावसायिक क्षेत्रमा नविनतम् नतिजाहरु ल्याइने छन् ।

१४) हरेका क्षेत्रको विकास प्रयासमा महिला, बालबालिका, अपाङ्ग, सिमान्तकृत, अल्पसंख्यक, आदिवासी, जनजाति, दलित, जेष्ठनागरिक, विपन्न र पर्यटकहरुलाई केन्द्रबिन्दुमा राखेर नीति बनाइनेछ ।

१५) सुन्दर, सफा शहर निर्माणका लागि फोहोर, सामुदायिक पशु र हरियालीको समुचित व्यवस्थापन गरिनेछ ।

१६) सुरक्षा निकायहरुलाई सूचना प्रविधिसँग आबद्व गराउँदै अपराध नियन्त्रण गरि शान्ति सुरक्षा प्रदान गरिनेछ ।

१७) नगर विकासमा उच्च योगदान गर्ने ब्यक्ति तथा संस्थाहरुलाई उच्च सम्मान तथा पुरस्कृत गर्ने प्रणाली विकास गरिने छ ।

१८) उत्पादन तथा सेवामुलक ब्यबसायहरुको प्रवर्धन गरि शहरलाई सजिव बनाइने छ ।

१९) उपत्यका गुरु योजना र बैज्ञानिक भू–उपायोग योजनको आधारमा कृषि तथा अन्य क्षेत्रको जग्गालाई सदुपयोगमा ल्याइनेछ ।

२०) उपत्यका गुरु योजना र बैज्ञानिक भू–उपयोग योजनाको आधारमा कृषि तथा अन्य क्षेत्रको जग्गालाई सदुपयोगमा ल्याइनेछ ।

१९) ब्यापारी, व्यावसायी, कृषक, मजदुर मैत्री नीति अपनाइनेछ ।

२०) गैह्र सरकारी तथा बिभिन्न छाता संघ संस्था र विकास साझेदारहरुको नियमन, प्रवर्धन गरि नगर विकासको मुल प्रवाहमा ल्याइनेछ ।

२१) नगर प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी र भ्रष्टाचारमुक्त बनाउने छु ।

तपाईको प्रतिक्रिया