देउती बज्यै प्रवेश गर्ने पुलमा भ्वाङ, संघले गरायो ध्यानाकर्षण

सुर्खेत । कर्णाली प्रदेशकै चर्चित धार्मिक स्थल हो देउती बज्यै मन्दीर । यो मन्दीरमा सुर्खेत जिल्लाका मात्रै नभएर बाह्य जिल्लाबाट दिनहुँ नागरिकहरु पूजाका लागि पुग्ने गर्दछन् । प्रदेश राजधानीको वीरेन्द्रनगर नगरपालिका–११ मा अवस्थिति मन्दीर पुग्नु पूर्व ५० मिटरको दुरीमा रहेको पिपिरा खोलामा निर्माण गरिएको पुलमा भ्वाङ पर्दा पनि स्थानीय र प्रदेश सरकार रमिते बनेको छ ।


महिनौंअघि देखी पुलको विच भागमा प्वाल परेको हो । तर महिनौ वित्दा पनि वडादेखी प्रदेश सरकार रमिते मात्रै बनेको स्थानीयको जनगुनासो छ । पुलमा भ्वाङ परेको विषयबारे निकै चर्चा भएपनि सरोकारवाला निकाय गम्भीर नहुँदा सम्भावित जोखिम रोक्न सुर्खेत उद्योग बाणिज्य संघले ध्यानाकर्षण गराएको छ । प्रदेश सभा सांसद पद्मा खड्कासहित पुलको अवस्थाबारे जानकारी लिएको संघ अध्यक्ष लक्ष्मण कँडेलले अर्को दुर्घटना हुनबाट रोक्न पुलको मर्मतमा गम्भीर बन्न आग्रह गरेका छन् ।

कँडेलले सामाजिक संजाल फेसबुकमार्फत पुलको फोटो सेयर गर्दै लेखेका छन्, ‘यो देउती बजै मन्दिर नजिकै को पुल हो । यो पुल अत्यन्तै नाजुक अवस्थामा छ । यहाँ जति बेला पनि ठुलो दुर्घटना हुने सम्भावना रहेकाले सरोकारवाला निकाय गम्भीर बन्न जरुरी छ ।’

तपाईको प्रतिक्रिया