निर्वाचन पर्यवेक्षकका लागि प्रशिक्षण सम्पन्न

सुर्खेत । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने पर्यवेक्षकहरुका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ ।

निर्वाचन पर्यवेक्षक समिति (नियोक) कर्णालीब प्रदेश समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम आइतबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।

कार्यक्रममा कर्णालीका दश वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नियोक राष्ट्रिय समितिका उपाध्यक्ष अधिवक्ता रामकृष्ण काफ्ले र महासचिव देविकानन्द तिमिल्सिनाले जानकारी दिए ।

प्रशिक्षणमा सहभागीहरुले आ–आफ्नो जिल्ला खटाइने पर्यवेक्षकहरुलाई जिल्लामा गएर प्रशिक्षण दिने नियोक प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले जानकारी दिए ।

उहाँका अनुसार नियोकले यस पटक स्थानीय तह निर्वाचनमा प्रदेशका दश वटै जिल्लामा १२–१२ जनाका दरले र प्रदेश समितिबाट थप १२ जना गरेर कर्णालीमा १३२ जना पर्यवेक्षक खटाउने तयारी गरेको छ ।

यस्तै शनिबार निर्वाचन पर्यवेक्षण सम्बन्धी प्रदेश स्तरका सरोकारवालाहरुसंग संवाद कार्यक्रमको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया