यस्ता छन्, जुम्ला हिमाको अध्यक्षका उम्मेदवार अम्मराजका प्रतिबद्धता

सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार अम्मराज शाही (अम्मरजंग)ले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
नेकपा (माओेवादी केन्द्र)बाट उम्मेदवार बनेका शाहीले आफ्ना चुनावी प्रतिबद्धतामा एक युवा एक उत्पादनलाई प्रथामितामा राखेका छन् ।

शाहीले समाजबाद उन्मुख समृद्धि, आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि, पालिकास्तरमा एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान, रैथाने बालीहरुको संरक्षण र प्रवर्द्धनसहित कृषिको आधुनिकिकरण, यान्त्रिकरण र ब्यावसायीकिकरणको ग्यारेन्टी, उद्यमशिलताको विकास र रोजगारीको विस्तार जस्ता योजना अगाडी सारेका छन् ।

यस्तै, शाहीले निः शुल्क आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि एक वडा एक स्वास्थ चौकी, केन्द्र र पालिका स्तरमा आधारभूत अस्पताललाई पुर्ण क्षमतामा संचालन, निःशुल्क गुणस्तरीय स्वास्थ्य, गाउपालिकामा जडीबुटी केन्द्र स्थापना, स्थानी स्तरमा उपलब्ध जडिबुटिको प्रसोधन, वडा नं ७ धाँचुगाउमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापनागरि थप जनशक्ति ब्यावस्थापन साथै हिमाको गौरबको रुपमा रहेको पिएचसिलाई विषशज्ञ सेवा प्रदान गर्ने लगायतका प्रतिबद्धता लगेर मतदातासँग मत मागेका छन् ।

यस्ता छन्, अन्य प्रतिबद्धता

१) अर्थतन्त्रको प्रमुख आधार, कृषिमा आमूल सुधार

  • रैथाने बालीहरुको संरक्षण र प्रवर्द्धन सहित कृषिको आधुनिकीकरण , यान्त्रिकरण र ब्यावसायिकिकरणको ग्यारेन्टी गरिनेछ ।
  • साना मझौला किसानहरूको श्रम सहकारी संगठन, समुहको निर्माण गरिनेछ ।
  • कृषि उपजको समर्थन मुल्यसहित , संकलन केन्द्र र कृषि बजारको व्यवस्था गरिनेछ ।
  • -किसानलाई सहुलियत ॠण, अनुदान, व्यावसायिक तालीम प्रबिधि , प्राबिधिक जनशक्ति र बजारीकरणमा आवश्यक सहुलियत को ग्यारेन्टी सहित कृषक लाई कृषि विमाको व्यवस्था गरिने छ ।
  • कृषकलाई पशुपालनमा उत्प्रेरित गरी पशु विमाको व्यवस्था गरिने छ ।
  • कृषि/उत्पादनमा पुजी (productive investment/capital)     प्राथमिकतामा राखी उत्पादनबाट आएको surplus तत पश्चात साना तथा मझौला उद्योगमा लगाईनेछ ।
  • कृषकहरुलाइ स्याउँ खेतिमा उत्प्रेरित गरी स्याउँ विमाको व्यवस्था गरिने छ ।

२)उद्यमशिलताको विकास र रोजगारीको विस्तार 

  • -आमबेरोजगारी ( mass unemployment ) न्यूनीकरणगर्न एक युवा एक उत्पादन , एक टोल एक उद्यम , बेरोजगारी को अन्त्य गरीबी निवारण कार्यक्रम अन्तरगत युवा उद्यमशिलता केन्द्रको स्थापना गरिनेछ ।
  • -टोलटोलमा सहकारी ,घरघरमा रोजगारीको व्यवस्था गरिनेछ ।
  • -विकास निर्माण कार्यसंगै जनसेवाका लागि ” The Public Volunteer Service Center (TPVSC) वा People’s Liberation Service Center( PLSC) को स्थापनागरिनेछ ।
  • TPVSC वा PLSC सेवामा संलग्न ब्यक्तिहरुलाई Golden handshake सहित स्वेच्छिक अवकाश अबधिको व्यवस्था गरिनेछ ।
  • पालिकाको शान्ति शु-ब्याबसथालाई अझै सुदृढ बनाउन गाउपालिकाको आफ्नै गाउँ प्रहरीको ब्यबस्था गरिने छ ।
  • हिमामा रहेका सबै बेरोजगार युवायुवतीलाई रोजगारीको ब्याबस्था गरिने छ साथै रोजारमा खटिने व्यक्तिहरुको उमेर २० देखि ५९ बर्ष भित्रका रहने छन ।
  • बिभिन्न शिर्षकमा जिबननिर्बाह भत्ता लिइरहेकाब्याक्तिहरुको हकमा उनिहरुलाई रोजगारी वा जिबन निर्बाह भत्ता मध्य एक रोज्ने अबसर दिइने छ ।
  • रोजगारी दिएका ब्याक्तिहरुलाई क्षमता अनुसार काम दिए पनि बिशिष्ट अबस्थामा सबै प्रकारका कामहरु गर्ने प्रतिबद्बता लिइने छ ।

३) आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितता 

  • नि: शुल्क आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि एक वडा एक स्वास्थ चौकी/ केन्द्रर पालिका स्तरमा आधारभूत अस्पताललाई पुर्ण क्षमतामा संचालनमा गरिनेछ ।
  • आधारभूत स्वास्थ्य सेवा नि: शुल्क हुनेछ ।
  • औषधिजन्य स्थानीय जडिबुटीहरुको सदुपयोग गरि औषधि उत्पादनका लागि पहल गरिनेछ ।
  • पालिकाभरिका सम्पुर्ण स्वास्थ्य संस्थाहरु पुर्ण क्षमतामा संचालनका लागी आवश्यक आंसिक र स्थायी दरबन्दीको सुनिश्चितता गरिनेछ ।
  • नि शुल्क गुणस्तरीय स्वास्थ्य प्राप्तिका निम्ति पूर्बिय चिकित्शा पद्धतिमा आधारीत हाम्रा परम्परागत अभ्यासलाई पुन प्रयोगकालागि बैज्ञानिक अनुसनधानमा आधारीत गाउपालिकामा जडीबुटी केन्द्र स्थापना गरिने छ ।
  • स्थानीय स्तरमा उपलब्ध जडिबुटिको प्रसोधन गरि Home Made Medicine लाई प्रसोधित गरि बिश्वब्यापिकरण गरिने छ ।
  • बड्कि स्वास्थ्य चौकि महाबै पाथरखोला स्वास्थ्यचौकि र प्राथमिक स्वास्थ्य केन्द्रकालिकाखेत्तुमा सुत्केरी हुन आउने महिलाहरुलार्इ बस्नकालागि आमाघरको ब्याबस्था गरिने छ ।
  • आधारभुत स्वास्थ्यकेन्द्र ओदि मोफ्ला र तलिकुडुमा बर्थिङ्ग सेन्टरको ब्याबस्था गरिने छ ।
  • वडा नं ७ धाँचुगाउमा आधारभुत स्वास्थ्यकेन्द्रको स्थापना गरि थप जनशक्ति ब्याबस्थापन गरिने छ ।
  • हिमाको गौरबकोरुपमा रहेको PHC लाइ बिषेज्ञसेवा प्रदान गर्ने अस्पतालकोरुपमा बिकास गरी Center For Excellence को रुपमा बिकास गरिने छ ।
  • हिमा गाउँपालिका भित्रका सम्पुण नागिरकहरुको निशुल्क स्वास्थ्य विमा गरिने छ ।
  • सुत्केरीहरुलाइ सुत्केरी स्याहार भत्ता एकमुस्ट ५००० प्रदान गरिने छ ।

४) युग सुहाउँदो प्राबिधिक तथा प्रबिधिमैत्री शिक्षा 

  • शिक्षा नीति (Education policy) लाई आवश्यकताका आधारमा परिमार्जन गरि गुणस्तरीय शिक्षाका लागी ठोस कार्ययोजना कार्यान्वयनमा ल्याईनेछ ।
  • प्राबिधिक शिक्षालाई जोड दिदै पालिका स्तरमा बहुप्राधिक शिक्षालय स्थापना गरिने छ ।
  • -हिमा आवाशीय विद्यालयको थप स्तरोन्नति सहित स्थायी संचालनको सुनिश्चितता गरिनेछ ।
  • – पालिका भरी थप बहुप्राबिधिक शिक्षालयहरु संचालनमा ल्याईनेछ ।
  • -पढ्दै कमाउदै ( learning with earning ) कार्यक्रमका लागि बिद्यार्थीहरुलाई छोटो अवधि र मध्यम खालका सिपमुलक तालिमको व्यावस्था गरिनेछ ।
  • प्रत्येक शैक्षिक संस्थाहरुलाई भौतिक पुर्वाधार र सुचना प्रबिधि संग जोडिने व्यवस्था गरिनेछ ।
  • शैक्षिक संस्थाहरु पुर्ण क्षमतामा संचालन गर्न शिक्षक दरबन्दीको सुनिश्चितता गरिनेछ।
  • युग सुहाउँदो प्राबिधिक / प्रबिधिमैत्रीशिक्षा र खेलकु “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद” कार्यक्रम अन्तर्गत पालिका स्तरमापुर्णकालिन खेलाडीहरुको टिम निर्माण गरी उनीहरुको भरणपोषणको सुनिश्चितता गरिनेछ । उक्त टिमको नेतृत्वमापालिकाभरी विभिन्न बिधाका खेलकुद संचालन गरि राष्ट्रियस्तर का खेलहरुमा सहभागी हुन सक्ने खेलाडीहरुको विकासमा जोड दिइनेछ ।
  • उच्च शिक्षा (प्राबिधिक बिषयहरु) अध्यायनका लागी गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पालिकले उचित छात्रवृत्तिको व्यवस्था गरिने छ ।
  • खस सभ्याताको खोजि तथा अध्यन अनुसन्धान गरिने छ ।

५)भौतिक पुर्वाधार -यातायात – सूचना संचार

  • “वातावरण मैत्रीपुर्वाधार, दिगो विकासको आधार”
  • पालिकाकेन्द्र सम्म ग्राबिल सडक सहित सबै वडाका केन्द्र सम्म सबै मौसममा यातायात सुचारु गर्न सकिने सडक संजाललाई पुर्णता दिइनेछ ।
  • यातायातमा सबैको सुलभ र सहज पहुँचका लागि पालिकाले ” हिमा सार्वजनिक यातायात ” सेवा सुचारु गर्नेछ । यसले थप रोजगारीको सिर्जना सहित पालिकाको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने छ ।
  • हरेक टोल हिलोमुक्त बनाउने अभियानलाई पूर्णता दिइनेछ ।
  • एक घर एक धारा खानेपानी कार्यक्रमलाई पुर्णता दिइनेछ ।
  • सूचना र संचारका लागि पालिकाभरी 4G सहितको संचार सुबिधाको सुनिश्चितता गरिनेछ ,पालिकाको आफ्नै रेडियो/एफ . एम हुनेछ साथै पालिकामा प्रदान गरीने सम्मुण सेवाहरु Digital माध्याम बाट प्रदान गरीने छ ।
  • सबै वडाहरुमा बिधुतिकरणको व्यवस्था गरिनेछ ।
  • पुराना विकास निर्माण कार्यहरुलाई प्राथमिकतामा राखी पूर्णता दिइनेछ ।
  • राजमार्ग बाट जोगिबाडा मोफला र च्यामा बस्तिलाई जोड्न पक्कीपुल निर्माणकालागि P.R गरी संघीय सरकार सगं  बजेटको पहल गरी निर्माण गिरनेछ ।
  • नाग्म गमगढी सडकको स्तर उन्तिको लागि पहल गरिने छ ।
  • हिमा अग्रानि होम स्टेको स्थापना गरिने छ ।

६) वन, पर्यटन उद्योग तथा जैविक बिबिधता

  • समृद्धिका लागि वन कार्यक्रम “काष्ठ, गैरकाष्ठ, जडिबुटीमा आधारित उद्यमशिलताको व्यावस्था सहित सोही बमोजिमका उद्योगहरुको विकास गरिनेछ ।
  • एक सामुदायिक वन एक उद्यम कार्यक्रम संचालनमा ल्याईनेछ ।
  • सामुदायिक वन उपभोक्ता समतिहरुलाई थप सवलिकरण गरिनेछ ।
  • जलवायु परिवर्तन अनुकुलित नमुना गाउँ निर्माण तथा वृक्षरोपण विशेष कार्यक्रम संचालन गरिनेछ ।
  • पर्यटनको प्रतिफल गाउँगाउँमा पुर्याउन नयाँ पर्यटन गन्तव्यको पहिचान, पर्यटन पदमार्गको बिस्तार र पर्यापर्यटनको विकासमा जोड दिईनेछ ।
  • प्रकृतिको बरदान रुपिछडा झरनाको बिस्तृत बिकास गर्दै यस सँग सम्बन्धित सडक संरचना निर्माण बिकास बिस्तार गर्दै समुन्नत हिमा निर्माणका निम्ति प्रमुख आम्दानीको श्रोतकोरुपमा यस्को बिकास गरिने छ । रुपिछडा झरनासम्म पुग्ने बाटोलाइ प्राकृतिक सुनदरता नबिग्रने गरि निर्माण गरिने छ ।
  • गडुल स्नानी लाई प्रटकीय आर्कषण स्थल बनाई भौतिक पुर्वाधारको विकास गरिने छ ।
  • हिमा गाउपालिकामा रहेका पुराना काठे सागुहरुको स्तरीकरण गर्दै मौलिक कलाहरुको सम्बर्दन र प्रबदन गर्दै यस हिमा गाउँपालिकालाई काष्ठकलाको हब बनाइ कलाकारको आजिबन वृद्धि विकासको ब्यावसथा गरिने छ ।
  • धार्मिक स्थलको ख्याति कमाएका ऐइडाकोट, कैलाश,सानो कुडुको जुरी,ओदि,मोफ्ला,बाजागाड जस्ता देबस्थल र तिर्थस्थलको मौलिक स्वरुप न बिग्रने गरि भब्य बनाइ मेला र जात्राको निरनतरता दिइने छ ।
  • स्थानीय मौलिक कला , संस्कृती र साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा प्रबर्द्धन गरि हिमालाई पर्यटन गन्तव्यका रुपमा विकास गरिनेछ
  • “विकास, समृद्धि र सामाजिक न्यायको केन्द्रमा समग्र हिमावासीको हित र प्रगति अन्तर्निहित छ र सदैव रहि रहनेछ ।”
  • हिमा गा.पा. सिंजा र राराको प्रवेश द्धवार भएको हुँदा सूचना केन्द्रकोरुपमा विकास गरिने छ ।

जेष्ठ नागरिक

  • जेष्ठ नागरिकको अनुभब हुन हाम्रा बैभब भन्ने नाराका साथ जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यकर्म राखिने छ।
  • जेष्ठ नागरिकको आराम बिश्राम मनोरञ्जन र अनुभब आदान प्रदानकालागि प्रत्यक वडामा सुबिधा सम्पन्न जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरिने छ र हरेक हप्ता जेष्ठ नागरिकको आधारभुत स्वास्थ्य सेवा परिक्षणको ब्याबस्था मिलाइने छ ।
  • जेष्ठ नागरिकलाइ प्रदान गरिने सामाजिक सुरक्षा भत्ता बितरणकालागि प्रत्यक घर दैलोमा पुर्याउनका निम्ति घुम्ति बैक सेवा सञ्चालन गररिने छ ।

     युवा तथा खेलकुद

  • जेष्ठ नागरिकलाइ प्रदान गरिने सामाजिक सुरक्षा भत्ता बितरणकालागि प्रत्यक घर दैलोमा पुर्याउनका निम्ति घुम्ति बैक सेवा सञ्चालन गररिने छ ।
  • जेष्ठ नागरिकको आराम बिश्राम मनोरञ्जन र अनुभब आदान प्रदानकालागि प्रत्यक वडामा सुबिधा सम्पन्न जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गरिने छ र हरेक हप्ता जेष्ठ नागरिकको आधारभुत स्वास्थ्य सेवा परिक्षणको ब्याबस्था मिलाइने छ ।
  • युवाहरुको प्रतिभा पहिचानकालागि जेष्ठ ७ गते बिभिन्न किसिमका खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ र खेलकुदमा देखा परेका उत्कृष्ट प्रतिभामा निखार ल्याउनलाइ आबश्यक सबैखालको सेवा सुबिधा प्रदान गरिने छ ।
  • प्रत्यक वडामा खेलमैदान र ब्यायमशालाहरु सञ्चालन गरिने छ ।
  • पालिका स्तरमा सुबिधा सम्पन्न कबडहल र रङ्गशाला निर्माण गरिने छ ।

सिमाना संरक्षण

  • अन्य पालिकाहरु सग जोडीएर रहेका हाम्रो गाउँपालिकाको सिमाना संरक्षणका लागी आवश्यक पहल कदमि लगिने छ ।
तपाईको प्रतिक्रिया