आक्रामक चुनावी प्रचारमा एमाले, मतदाता फकाउन टोल-टोलमा ढकाल

सुर्खेत । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचमा नेकपा एमाले सुर्खेतले चुनावी प्रचारलाई आक्रामक रुप दिएको छ ।

एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बेनेकी मोहनमाया ढकालले चुनाव प्रचारलाई व्यापक बनाएकी हुन् । निर्वाचन कार्यालयले चुनाव चिन्ह प्रदान गरेपछि उम्मेदवारहरु चुनाव प्रचारमा लागेका हुन् । पाँच वर्षे प्रतिवद्धतासहित ढकाल मतदाताको घरघरै पुगेर भोट माग्नमा व्यस्त छिन् ।

सयौं कार्यकर्ताको र्‍यालीसहित ढकाल मतदाता रिझाउन व्यस्थ छिन् ।

चार पाङ्ग्रे सवारी साधन, मोटरसाईकल, अटो लगायतका सवारी साधनमा पोस्टर, झण्डा तथा चुनावी गीत बजाएर पचारलाई व्यापक बनाइएको छ ।

यता, अन्य दल नेपाली कांग्रेस, नेकपा माओवादी, समाजवादी र राप्रपाले पनि प्रचारलाई व्यापक बनाएका छन् ।

तपाईको प्रतिक्रिया