को हुन्, एमालेबाट वीरेन्द्रनगर–३ का वडा अध्यक्षका उम्मेदवार विष्ट ?

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ को वडा अध्यक्षमा विनोदसिंह विष्ट उम्मेदवार बनेका छन् । विष्ट नेकपा एमालेबाट वीरेन्द्रनगर–३ को वडा अध्यक्ष पदमा उम्मेदवार बनेका हुन् ।

विष्टले विद्यार्थीकालदेखि नै राजनीतिक यात्रा सुरु गरेका हुन् । अखण्ड मध्यपश्चिम आन्दोलनको समयमा फिल्ड कमान्डर समेत थिए । विष्ट विद्यार्थीकाल देखिनै सफल राजनीति गरेर सम्पुर्ण विद्यार्थी तथा युवाहरुको माझमा लोकप्रिय नेताका रुपमा पर्दछन् । विष्टले युवा संघ नेपालको विभिन्न जिम्मेवारि बहन गर्दै, हाल राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य र नेकपा एमाले पार्टी वडा कमिटिको अध्यक्ष समेत रहेका छन् ।

विष्टले मार्क्सवादलाई सिर्जनात्मक तवरले आत्मसात गरेको नेकपा एमालेको प्रगतिशील विचार र सिद्धान्तलाई गहन अध्यन गर्दै राजनीतिमा निरन्तर लागेको बताएका छन् ।

तपाईको प्रतिक्रिया