कांग्रेस दैलेख क्षेत्र नम्बर २ का सचिव बम शाही एमालेमा समाहित

दैलेख । दैलेख जिल्ला क्षेत्र नम्बर २ प्रदेश .(ख) नेपाली कांग्रेस कार्यसमिति सचिव बमबहादुर शाही एमालेमा समाहित भएका छन् ।

नेकपा एमाले आठबीस नगरपालिका बुधबार भएको एक कार्यक्रममा शाही एमालेमा समाहित भएका हुन् ।

एमाले आठबीस नगरकमिटि उपाध्यक्ष हिक्मत बस्नेतले शाहीले नेपाली कांग्रेस पार्टी परित्याग गरि आजबाट नेकपा एमालेमा समाहित भएको जानकारी दिए ।

बस्नेतका अनुसार शाही दैलेखी जनताका प्रिय नेताका रुपमा समेत चिनिन्छन् । शाहीसँगै सयौं नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस  र नेपाल मजदुर किसान पार्टी त्याग गरेर एमालेमा समाहित भएका छन् ।

तपाईको प्रतिक्रिया