पूर्व नगर सभापति मल्ल परिचालन समितिमा मनोनित

सुर्खेत । स्थानीय तहको निर्वाचनका लागि गठन गरिएको केन्द्रीय परिचालन समितिको सदस्यमा राजेन्द्र मल्ल (राजन)लाई मनोनित गरिएको छ । नेपाली कांग्रेस लेकबेशी नगरपालिकाका तरुण दलका पूर्व सभापति मल्ललाई नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले परिचालन समितिको सदस्यमा मनोनित गरेको हो ।

गठबन्धनमा सम्बद्ध उम्मेदवारहरुलाई विजयी गराउन यस अघि परिचालन समिति गठन गरिएको थियो । सदस्यमा मनोनित भएपछि मल्लले पार्टीले दिएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने बताए । साथै निर्वाचनलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन कटिवद्ध रहने उनको प्रतिबद्धता छ ।

तपाईको प्रतिक्रिया