लागूऔषधसहित वीरेन्द्रनगरबाट दुई जना पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले वीरेन्द्रनगर–११ धुलियाबिटबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–५ का ३० वर्षीय सकिल मोहमद र २४ वर्षीय मनु खानलाई रहेका छन् ।

प्रहरीले प्रहरी चौकी सुब्बाकुना र तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरोबाट खटिएका संयुक्त प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेत आउदै गरेको क १ प ५२९ नम्बरबमे मोटरसाइकललाई पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुको साथबाट ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, ७ ट्याबलेट नाईट्राभेट (लागूऔषध) बरामद गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया