काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बिहीबार एकै दिन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार र बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन भने अघिल्ला दुई दिन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बिहीबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार र बुधबार चाँदीको मूल्य तोलाको १ हजार २ सय ९० रुपैयाँ रहेको थियो ।
नेपालीरैबार । २०७९ बैशाख २२, बिहीबार