स्थानीय तह निर्वाचन

समृद्ध चिङ्गाड निर्माणका लागि मेरो उम्मेदवारी : शर्मा

सुर्खेत । स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारहरू चुनावी प्रचारमा जुटेका छन् । शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विजुली लगायतका विषयहरू समेटेर चुनावी घोषणा पत्रसहित उम्मेदवारहरू मतदाताको घर घरै पुगेर भोट मागि रहेका छन् ।

६ वटा वडाहरू रहेको चिङ्गाडमा नेपाली कांग्रेसबाट डोरप्रसाद शर्मा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । यस्तै, नेकपा (एमाले) बाट बोधविक्रम जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रजत सिंह रावत र राष्ट्रिय प्रजातन्त्रबाट मानबहादुर राना पालिका अध्यक्षका उम्मेदवार बनेका छन् ।

कांग्रेसबाट अध्यक्ष पदको उम्मेदवार बनेका शर्मा आजभोली चुनाव लक्षित प्रचार प्रसारमा जुटेका छन् । चुनावी ¥याली, आमसभा तथा घरदैलो कार्यक्रममा व्यस्थ छन् । २०५८ सालमा नेपाली कांग्रेसको ११ औं महाधिवेशनबाट गाउँ कमिटी सचिवबाट राजनीतिक यात्र सुरू गरेका थिए ।

पार्टीका १२ औं महाधिवेशनबाट गाउँ कमिटी सभापति, १३ औं महाधिवेशनमा तरूण दलको केन्द्रिय सदस्य र भर्खरै सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट गाउँपालिका सभापति बनेका थिए । अध्यक्ष पदको उम्मेदवार बनेपछि शर्माले आफ्ना चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

घोषणा पत्र सार्वजनिक भएसँग समृद्ध चिङ्गाडको लागि आफूले उम्मेदवारी दिएको जनाए । शर्माका प्रतिवद्धतामा कृषि भण्डार केन्द्रदेखि निशुल्क स्वास्थ्य तथा उच्च शिक्षाका लागि क्याम्पस निर्माणसम्म परेका छन् ।

युवा लक्षित स्वरोजगार कार्यक्रमहरू ल्याएर युवाहरूलाई आयआर्जनमा लागाई विदेशिनबाट रोक्ने शर्माको प्रमुख योजना रहेको छ । विशेषज्ञ सेवासहितको अस्पताल निर्माण गरी पालिकाबासीलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ । उच्च शिक्षाका लागि चिङ्गाडमा पाँच वर्ष भित्र क्याम्पस स्थापना गरिने छ ।

महिला, बालबालिका तथा अपाङ्गहरूका लागि विशेष कार्यक्रम लागु गरी बालबालिकालाई निशुल्क उच्च शिक्षा दिने शर्माको योजना छ । एकल पुरूष भत्ता, कृषिलाई आधुनिकीकरण गर्दै किसानलाई बमौसमी तरकारी खेती लगायतका विषयमा तालिम, प¥याप्त सिंचाईको व्यवस्था गरी उत्कृष्ट कृषकलाई सम्मान गरिने छ ।

उत्पादित कृषिवस्तु भण्डारणका लागि कृषि भण्डार केन्द्रको स्थापना हुनेछ । पालिकाका सबै वडामा रहेका ग्रामिण सडकको स्तरोन्तीे गरिने छ भने, घरघरमा विजुली, एक घर एक धाराको नीति लिइने घोषण पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया