दैलेखकी दीपिका ब्राउनसुगरसहित बाँकेमा पक्राउ

सुर्खेत । दैलेख घर भएकी दीपिका पुन मगर नेपाल-भारत सिमानामा पर्ने बाँकेको जमुनाह नाकाबाट पक्राउ परेकी छन् । २४ वर्षीय पुनले भारतको रुपैडियाबाट लागूऔषध (ब्राउनसुगर) ल्याउँदै गर्दा ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।


नारायण नगरपालिका–९ साढु दैलेख स्थायी ठेगाना भएकी पुनसहित बाँकेका एक युवा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने युवा बैजनाथ गाउँपालिका–३ का २३ वर्षीय कृष्णप्रसाद रेग्मी छन् । रेग्मीले चलाएको भे १२ प १४९७ नम्बरको मोटरसाइकलबाट नेपालगञ्जतर्फ आउँदै गर्दा प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीलाई शंंका लागेपछि चेकजाच गर्दा रेग्मीले लगाएको जिन्स पाइन्टको पकेटमा लुकाएको अवस्थामा ६ ग्राम ब्राउनसुगर फेला परेको छ । पुन र रेग्मीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाईएको छ ।

तपाईको प्रतिक्रिया