जयाकुमारीको हराएको १० तोला सुन प्रहरीले फेला पारिदिएपछि…

सुर्खेत । प्रहरीले  वीरेन्द्रनगर नगरपालिका–४ यरीचोकबाट हराएको १० तोला सुन र नौ हजार नेपाली रुपैयाँ फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोटको शान्नित्रिवेणी–४ घरभएकी जयाकुमारी देवकोटाको सुन र नगद रुपैयाँ फेला पारेको हो ।

जयाकुमारीले बैशाख २० गते साँझ ५ बजेको समयमा कालिकोटदेखि वीरेन्द्रनगर झरेर अटो चड्ने क्रममा अटोमै सुनसहितकाे झोला छुटेको भन्दै खोजिदिनका लागि प्रहरीकहाँ बैशाख २१ गते निवेदन दिएकी थिइन् ।

उक्त निवेदनका अनुसार प्रहरी सहायक हवल्दार विमल घर्तीसहितको सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–३ तातापानीबाट सुन र नगद रुपैयाँ फेला पारेको जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार प्रहरीले खोजीकार्य गर्दै जादा वीरेन्द्रनगर–३ तातापानी हरिडिल भूमिस्थित सुकुमा तिरुवाको घर भाडामा बस्ने दैलेख नौमुले गाउँपालिका–८ घर भएका ३० वर्षीय कविराज सुनारको कोठा भित्र फेला पारि जयाकुमारीलाई बुझाएको छ ।

तपाईको प्रतिक्रिया