एमाले गुराँसको प्रतिबद्धतामा सार्वजनिक सम्पत्तीको दोहन गर्नेलाई कारबाहीदेखि राउटेको संरक्षणसम्म

दैलेख । दैलेख एमाले गुराँस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारले ६ संकल्पसहित घोषणापत्र सार्वजनिक गरेका छ ।

गुराँस गाउँपालिकाको एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा छन् । उम्मेदवारहरुले ५ वटा संकल्पसहित घोषणापत्र सार्वजनिक गरेका हुन् ।

हामी शासक होइन जनताको सेवक हुनेछौ, हामी सामाजिक विकास गुराँस गाउँपलिका सुशासनको नमूना बन्ने छ, हामीले सदाचारका स्थापना गर्ने कर्डाइका साथ भ्रष्टाचार नियन्त्रणमा लागिपर्ने छौं, हामी भ्रष्टाचारी व्यभिचारी अनियमितता र सार्वजनिक सम्पत्तीको दोहन गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन र गाउँपालिकाको प्रशासनिक भवन अपाङ्ग तथा जेष्ठ नागरिक मैत्री निर्माण गर्ने एमाले गुराँसको संकल्प रहेका छन् ।

घोषणा–पत्रमा एक गाउँ एक उत्पादन, एक सिँचाइ स्थापनादेखि पालिका स्तरमा कुनै पनि क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिलाई सम्मान तथा विशेष कार्यक्रम संचालन गर्ने उल्लेख छ । एमाले गुराँसले वडागत रुपमा गरिने कामको समेत घोषणापत्रमा उल्लेख गरेको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनले नेकपा एमाले गुराँस गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएको थियो वैशाख ३० गते हुन लागेको निर्वाचनमा ुसुशासन, कृषि, पर्यटन र स्वरोजगारको आधार गुराँस गाउँपालिकामा एमालेको सरकार भन्ने नारा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएको एमाले जीत हात पार्ने दाउमा छ।

यस्ता छन्, अन्य चुनावी घोषणा–पत्र

  • एक गाउँ एक उत्पादन, एक सिंचाइ पोखरी र टनेल, एक वडा एक बहुउद्देशीय नर्सरी र एक वडा एक कृषि हाटबजार तथा संकलन केन्द्र
  • खेती योग्य जमिनको उचित व्यवस्थापन र बाँझो जमिनलाई रोजगारमुलक भू–उपयोग निति अवलम्बन गरिने छ ।
  • कृषि तथा पशुपालनका विभिन्न बिधाहरुमा पकेट क्षेत्र जोन सुपरजोन क्षेत्र पहिचान गरि अनुदान समेतका एकिकृत कार्यक्रम लागु गरने छ ।
  • हरेक वडामा पशु नश्लसुधारको लागि कृतिम गर्भाधान केन्द्र साथै कृषि व्यवसायिकरण गर्न उन्नत बिउमलको बितरण केन्द्रको स्थापना गरिने छ ।
  • कृषि तथा पशु बिमा पालिकाको तर्फबाट निःशूल्क गरिने छ।कृषि पर्यटन धार्मिक पर्यटन साँस्कृतिक पर्यटन प्राकृतिक पर्यटन जल पर्यटन लगायतका पर्यटन क्षेत्रको पहिचान गरि पर्यटन व्यवसायको विकास गरिने छ ।
  • सास्कृतिक पर्यटन प्रर्बद्घनको लागि परम्परागत रुपमा चल्दै आएका मेलाहरुलाई सांस्कृतिक मनोरन्जन र आयआर्जनको जस्ता बहुआयामिक बनाउने सांस्कृतिक मोहत्सब संरक्षण गर्दै साँस्कृतिक तथा ऐतिहासिक संग्रालय स्थापना गरिने छ ।
  • आदिबासी जनजाती तथा राउटेलगाएतका लोपउन्मुख समुदायको बिशेष सांस्कृतिक पहिचान गरि त्यसको संरक्षण र सम्बर्धन गरिने छ ।
  • राउटे लागाएत आदिबासी जनजातीको साँस्कृति झल्कने संग्राहलयको व्यवस्था गरिने छ ।
  • पर्यटन पुर्वाधारको बिकास गरि पर्यटकहरु आकर्षित गरिने छ ।
तपाईको प्रतिक्रिया