को हुन् चिङ्गाड गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसबाट उम्मेदवार बनेका शर्मा ?

यस्ता छन् शर्माका प्रतिवद्धता

सुर्खेत। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चिङ्गाड गाउँपालिकाको अध्यक्षको लागि नेपाली कांग्रेसबाट युवा नेता डोर प्रसाद शर्मा चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।  सरल स्वाभका युवा समेत रहेका नेता शर्मा चिङ्गाडको मुहार फेर्ने प्रतिवद्धताका साथ चुनावमा हाेमिएका छ्न् ।

नेपाली कांग्रेसबाट २० बर्ष देखि सक्रीय रुपमा राजनितिक गर्दै आएका उनी २०४२ सालमा बुवा नन्दाराम जैसी र आमा लिला जैसी को कोखबाट कान्छो सन्तानको रुपमा चिङ्गाडको मटेलामा जन्मिएका हुन।  कृषक परिवारमा हुर्किएका उनी सानै देखि भद्र ,शालिन स्वभाभका थिए ।

सँस्कारको राजनितिक बाट समाज परिवर्तन गर्न सकिन्छ भने सोच भएका शर्मा  पार्टिमा २० बर्ष भन्दा बढी अनुभव बटुलेका छन् अहिले नेपाली कांग्रेस चिङ्गाड गाउँपालिकाका सभापती समेत हुन।  २०५९ सालमा मटेला गा.वि.स सचिव, नेपाली कांग्रेसको १२ औं महाधिवेशन बाट सर्वसमत सभापती  भएका थिए। तरुण दलको महाधवेशन प्रतिनिधि तरुण विभागको केन्द्रीय सदस्य हुँदै १४ औं महाधिवेशनबाट अहिले चिङ्गाड गाउँपालिका सभापती  समेत हुन् ।

याे पनि हेर्नुहाेस् : समृद्ध चिङ्गाड निर्माणका लागि यस्ता छन् शर्माका प्रतिवद्धताहरू https://nepaliraibar.com/2022/05/50540/

 

 

तपाईको प्रतिक्रिया