यस्ता छन्, एमाले चामुण्डाबिन्द्रासैनी–२ का घोषणापत्र

सुर्खेत । नेकपा एमाले दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ ले आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमाले चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ ले स्वरोजगारमुलक, उत्पादनमुखी एवम् व्यावहारिक शिक्षा कार्यन्वयन गर्ने जस्ता घोषणापत्र सार्वजनिक गरेको हो ।

यस्तै, दिनदुखी असहायको साहराको लागी पछाडी पारिएकाहरुलाई राज्यसत्तामा सशक्त उपस्थिति गराउन, बडाको भौतिक निर्माण एवम् विकासका पूर्वाधारहरुलाई सुव्यवस्थित ढंगले अगाडी बढाई समग्र वडाको विकास गर्न अभिभावक नेतृत्वको सुझबुझ सहित युवाहरुलाई अग्रपंक्तिमा राख्न हाम्रा उम्मेद्वारहरु कटिवद्ध हुने जस्ता प्रतिबद्धता अगाडि सारेको छ ।

एमालेबाट नगरपालिका–२ का वडा अध्यक्ष पदमा नविन भट्टराई उम्मेदवार बनेका छन् । यस्तै, खानेपानी तथा सरसफाइको समस्या दिर्घकालिन रुपमा समाधानको लागी मजुबा खानेपानीको लाइन विस्तार एवम् स्थानिय मुल सुधार गरी खानेपानी व्यवस्थापन गरिनेछ साथै सिरौल, चाल्ने चौतारा बजार, बाल्थला, पनडाडा बजार, चाल्ने, राना टोल, सिजाली टोल, गैराबारी, खोक, राम्ती, ढाँडखोरिया, भ्याकुरे, नौखोली, सल्लेरी, माथिल्लो बाँसठाना, तल्लो बासठाना, तोल्पा, बेड्ला, तारा साउनेखोला खानेपानी को समस्यालाई उच्च प्राथमिकतामा राखी सबै प्रकारका विकल्पहरुको खोजी गरी खानेपानी समस्याको समाधान गरिने छ ।

यस्ता छन्, अन्य प्रतिबद्धताहरु

  • वर्षातमा गडाजिउला, रामगाड खोला बाट हुने क्षती न्युनिकरणका लागी तटबन्धन गरिनेछ ।
  • सडक निर्माणको क्रममा विभिन्न ठाँउमा भएको पहिरा नियन्त्रणको लागी वृक्षारोपण र तटवन्धन गरिने छ ।
  • साडलगाडे देखि सिरौल, चाल्ने चौतारा, बाँसठाना, तोल्पा, कालिमाटी सडक विस्तार. तोल्पा तारा साउने खोला सम्म सडक विस्तार एवं स्तरोन्नति गरिने छ ।
  • चामेकोट, चाल्ने चौतारा हुँदै पुनडाँडा तिजकोडाडासम्म साथै चाल्ने चौतारा देखि राम्ती घट्टेखोला सम्म सडकको स्तरोन्नति गरिने छ ।
  • देवकोटा चोक, चाल्ने, सिजाली टोल हुदै पञ्चकोशीसम्म सडक निर्माण गरिने छ ।
  • पुनडाँडा देखि वात्यला सडक निर्माण गरिने छ ।
  • पुनडाँडा देखि खम्मगाडे बजारसम्म सकङ स्तरोन्नति गरिने छ ।
  • वडा कार्यालय देखि ढाँडखोरिया हुदै हक्काखोला सडक निर्माण गरिने छ ।
  • चाल्ने चौतारा गैराबारी सम्म सडक निर्माण र गैराबारी देखि चामुण्डा माई मन्दिरसम्म पक्की सिमेन्टेड सिढी निर्माण गरिने छ ।
  • पञ्चकोशी तिर्थस्थल सम्म सडक विस्तार गरी उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास एवम् प्रर्वद्धन गरिनेछ मठ मन्दिर, गुम्बा लाई संरक्षण एवम् प्रर्वद्धन गरिनेछ, पर्यटन प्रर्वद्धन र विकासका लागि एवम् आर्थिक विकासका लागि पुनडाँडामा होमस्टे सञ्चालन गर्ने वातारणको सिर्जना गरिनेछ साथै पुराना कला संस्कृतीहरु एवम् साहित्य संरक्षण एवम् प्रर्वद्धनमा विशेष कार्यक्रम ल्याइ कार्यन्वयन गरिनेछ ।
  • जेष्ठ नागरिकको आत्मसम्मान एवम् मनोरन्जनका लागि पायक पर्ने स्थानमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना एवम् सञ्चालन गरिने छ ।
  • महिला, दलित, एकल महिला एवम् विपन्न परिवारको आयआर्जनको कार्यक्रमहरु सिप विकास तालिमहरु सञ्चालन गरी स्वरोजगारी सिर्जना गरिनेछ ।
  • लक्षित वर्गको क्षमताअभिबुद्धी गर्न चेतनामुलक कार्यक्रमहरुको व्यवस्था गरी कानुनी कक्षाहरु सञ्चालन गरिने छ ।
  •  सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएको समस्यालाई मनन गरी सहज वितरणको लागि सृजन कृषि तथा पशुपालन सहकारीमा शाखारहित बैंकिंड काउन्टर स्थापना गरी सहज रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइने छ ।
  • टोलटोलमा विधुतिकरणका लागि लाइन विस्तार गरि सबै घर उज्यालो बनाइने छ ।
  • स्वास्थ्यचौकी र शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नती एवम् पुर्वाधार निर्माण एवं शिशु स्थाहार केन्द्र स्थापना गरी सहज रुपमा आाधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण मिलाइनेछ स्वास्थ्य चौकीलाई पूर्वाधार सम्पन्न बनाइ स्तरिय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ साथै सिरौल शहरी स्वास्थ्य क्लिनिकमा गप आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण मिलाइने छ ।
  • बडालाई पुर्ण सरसफाइंयुक्त घोषणाको लागि आवश्यक कार्यक्रम बनाई कार्यन्वयन गरिनेछ साथै पोषणमैत्री वडा निर्माणका लागि आवश्यक कार्यक्रम बनाइ कार्यन्वयन गरिन छ ।
  • वडाभित्रका बनहरु संरक्षण गर्ने र त्यसको लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिनेछ साथै वनलाई आयमुलक बनाउन जडिबुटि जन्य बोटविरुवा टिमुर रोप्नको लागि विशेष कार्यक्रम ल्याईने छ ।
  • कृषि र पशुपालनका लागि घुम्तीकोष मार्फत सहुलियत दरमा विनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
  • चान्ने चौतारा बजारमा सुपच मुल्य पसल सञ्चालन गरिनेछ, कृषि उपज संकलन केन्द्र स्थापना र आलु विउ राख्ने रतिक स्टोर निर्माण एवं सञ्चालन गरिने छ ।
  • टोलटोलमा साना सिंचाई योजनाहरु सञ्चालन गरिने छ । 
  • किसानहरु एवम् उद्यमीहरुलाई घरेलु उद्योग सञ्चालनमा अनुदानको व्यवस्थापन गरिने छ ।
  • आधारभुत विद्यालयको भौतिक संरचना फर्निचर, शौचालय, खानेपानी एवम् घेराबार गरिने छ ।
  • सबै विद्यालयहरुमा दक्ष जनशक्तिको व्यवस्थापन एवम् कार्यरत शिक्षक कर्मचारीहरुलाई तालिम प्रदान गरी दक्ष बनाइने छ ।
  • रामगाड आ.वि. तारा विद्यालयको भौतिक पुर्वाधार र जनशक्ति व्यवस्थापन गरी विद्यालय सञ्चालन गरिने छ ।
  • भैरव मा.वि. बासठानालाई स्तरोन्नति गरी कक्षा ११ १२ सञ्चालन जनता आ.वि. सिरौललाई स्तरोन्नति गरी मा. वि. सञ्चालन, जनता आ.वि. तोल्पालाई स्तरोन्नति गरी कक्षा ८ सम्म सञ्चालन, चाल्ने चौतारा आ.वि. लाई स्तरोन्नति गरी कक्षा ५ सम्म सञ्चालन, जनजागृति आ.वि. लाई स्तरोन्नति गरी कक्षा ५ सम्म सञ्चालन सरस्वती आ.वि. पुनडाँडामा जनशक्ति व्यावस्थापन गरि पठनपाठन गुणस्तरिय बनाउन पहल गरिने छ ।
  • वालविकास केन्द्र नभएका टोलमा वालविकास केन्द्र स्थापना एवम् सञ्चालन गरिनेछ साथै भएका वालविकास केन्द्रहरुलाई व्यवस्थापन एवम् स्तरोन्नती गरिने छ ।
  • युवाहरुको प्रतिभा पहिचान गरी विभिन्न खेलकुदका कार्यक्रमहरु एवम् प्रतियोगिताहरु सञ्चालन गरिने छ ।
  • वडा भित्रका जेहेन्दार, दलित, जनजाती र महिलालाई उच्च शिक्षा एवम् प्राविधिक शिक्षा अध्ययनका लागी छात्रवृत्ति प्रदान गरिनेछ निजामती क्षेत्रमा पहुँच वृद्धी गर्न रोजगारी सिर्जना गरी आर्थिक स्तर उठाउने हेतुले कम्तीमा वर्षमा एकपटक लोक सेवा तयारी कक्षा सञ्चालन गरिने छ ।
  • युवा स्वरोजगार प्रधानमन्त्री रोजगार मुख्यमन्त्री रोजगार एवम् अन्य कार्यक्रमहरुविना पुर्वाग्रह सञ्चालन गरिनेछ जनता आवास कार्यक्रम र खरको छाता मुक्त कार्यक्रमलाई वास्तविक विपन्न परिवारमा कार्यन्वयन गरिने छ ।
  • सहकारी संस्थाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गराउनुका साथै नियमन अनुगमन एवम् तालिमका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • कृषि र पशुपालनका क्षेत्रमा सहकारी मार्फत बिभिन्न बिउ विजन, रासायनिक मल, जैविक मल, विषादी र उन्नत जातका राँगा, बोका वितरण गरिनेछ, समग्र वडाको विकासमा सहकारी संस्थाहरुलाई सँगसँगै अगाडि बढाइने छ ।
  • वडा भित्र स्थापना भएका उद्योग (दुध डेरी, कुखुराको दाना उद्योग) हरुलाई स्तरोन्नति गरी सञ्चालन गरिने छ ।
  • सबै खालका विपदहरुको सामना गर्न विपद व्यवस्थापन कोष स्थापना गरी विपदका बेला घटनास्थलमै उद्धार तथा राहत उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
  • भम्पे (सिरौल), पाली, लुछुडा, कोलडाँडा, तोल्पामा सिचाँई कुलो निर्माण कार्य सञ्चालन गरिने छ ।
  • समग्र वडाको विकासका लागी विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय एवम् सबै खालका दातृ निकायहरुलाई यस वडामा लगानी गर्ने एवम् कार्यक्रम कार्यन्वयन गर्ने वातावरणसिर्जना गरिने छ ।
  • सबै खाले विकास आयोजना तथा अन्य क्षेत्रमा वडा अनुगमन, नियमन र नियन्त्रणको माध्यमबाट काममा सुस्पष्ट र पारदर्शीतामा जोड दिदै भष्ट्राचारलाई निरुत्साहित गरिने छ ।
  • समाजमा विद्यमान राम्रा खाले लोक संस्कृतिहरुको जगेर्ना गर्दै केहि लैङ्गिक, धार्मिक जातिय, वर्गीय जस्ता विभेदहरुको अन्त्य गरी सामाजिक विभेद रहीत वडाको रुपमा विकास गरिने छ ।

तपाईको प्रतिक्रिया