मतदाता शिक्षा कार्यक्रम सम्पन्न

सुर्खेत । युवा संस्था संजाल (आयोन) द्वारा सुर्खेतका तीन वटा स्थानिय तहमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । गुर्भाकोट, भेरीगंगा र वीरेन्द्रनगर नगरपालिकाका विभिन्न टोल समुदायमा उक्त मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको हो । क्याम्पस स्तरमा पहिलो पटक मतदाता नामावली दर्ता भएका व्यक्तिसहित दुई सय जनालाई मतदाता शिक्षा प्रदान गरिएको हो ।

२० वटा टोलसुधार समितिका पाँच सय जना,घरदैलो अन्र्तगत एक हजार घरधुरीमा मतदाता शिक्षा प्रदान गरिएको आयोनका कार्यक्रम संयोजक खिम रेग्मीले जानकारी दिए ।
यसैगरी गुर्भाकोट नगरपालिका वडा नम्वर ६ को वडाखोली,सातमुल गरी तीन टोलमा नमुना मतदान गरिएको थियो । भेरिगंगा नगरपालिका वडा नम्वर ११ र १३ मा एक/एक वटा नमुना मतदान गरिएको थियो ।वीरेन्द्र नगरपालिका वडा नम्वर एक र दुईका टोलहरुमा नमुना मतदान गरियो ।
नमुना मतदानको क्रममा धेरैजसो झुक्कीने गरेको,उम्मेदवार छर्नोट गर्न अलमल परेको,जस्ता समस्या देखा परेको कार्यक्रम संयोजक रेग्मीले बताए । उनले भने,‘नमुना मतदानको अवस्थालाई हेर्दा,मतदाता शिक्षा घरदैलोसम्म अझै पुर्‍याउन जरुरी देखिन्छ ।’आयोनले मतदाता शिक्षा सम्बन्धि विभिन्न पोष्टर,पम्पेलेट पनि वितरण गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया