एमाले सुर्खेतद्वारा प्रशासनको ध्यानकर्षण

सुर्खेत । नेकपा एमाले सुर्खेतले निर्वाचनका लागि प्रयोग भएको गाडी जलाईको विषयलाई लिएर सुर्खेत प्रशासनलाई ध्यानकर्षण गराएको छ । एमालेको ध्याकर्षणमा २०७९ बैशाख ३० गते स्थानीय तहको हुने निर्वाचनमा सुर्खेत लगायत देशभर नेकपा एमालेको पक्षमा जनलहर सिर्जना भएको भन्दै एमालेको जनलहर देखेर अनेक षड्यन्त्रका घटनाहरु भएकको उल्लेख छ ।

निर्वाचनको दिन नजिकिदै जादा सुर्खेतको वीरेन्द्रनगर लगायतका स्थानमा निर्वाचनलाई प्रभावित पार्न भइरहेका अपराधिक गतिविधिहरुप्रति एमाले सुर्खेतको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

एमालेको ध्याकर्ष पत्रमा अगाडि भनिएको छ । ‘नेकपा एमाले वीरेन्द्रनगर-११ मा निर्वाचन प्रयोजनको लागि प्रयोग भइरहेको कणाली प्रदेश ०२१ ख ००६१ नं. को गाडी शुक्रबार राती अज्ञात समूहले आगजनी गरेको छ । मुख्य बजारमा सुरक्षाकर्मीको नियमित निगरानी हुने स्थानमा भएको उक्त घटनाले शान्ती सुरक्षाप्रति नै गम्भिर प्रश्न उठाएको छ । यस्तो अपराधिक घटनाको घोर भ्रत्सना गर्दै उक्त कार्यको छानविन गरी दोषी माथी कारवाही गर्न र उचित क्षतिपूर्ति प्रदान गर्न हामी जोडदार माग गर्दछौं ।’
यस्तै निर्वाचन नजिकिदै जादा भइरहेका अवाञ्छित गतिविधि रोकी शान्ती सुरक्षा कायम गर्न र जनताको जिउधनको सुरक्षा गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रशासनसँग अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया