निर्वाचन अवधिभर सुर्खेतमा मादक पदार्थ विक्री वितरणमा निषेध

सुर्खेत । प्रशासनले सुर्खेत जिल्ला भर स्थानीय तहको निर्वाचनलाई लक्षीत गर्दै मादक पदार्थ विक्री वितरणमा पुर्ण रुपमा निषेध गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सर्खेतले एक सुचना जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई मर्यादित बनाउँन मादक पदार्थ विक्री वितरणमा पुर्ण रुपमा निषेध गर्न अनुरोध गरेको हो ।

प्रशासनले स्थानीय निर्वाचनको मौन अवधि शुरु हुने वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मको लागि यस जिल्लाभित्रका सम्पूर्ण भागमा मादक पदार्थको विक्री वितरण र सेवन कार्यलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेपालीरैबारलाई जानकारी दिए ।

मादक पदार्थको सेवन तथा विक्री वितरण गर्ने कार्याले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा उवरोध सिर्जना गर्न सक्ने हुँदा स्थानीय तह सदस्य निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ मा भएको व्यवस्था अनुसार प्रशासनले अनुरोध गरेको हो ।

साथै बैशाख २७ सम्म प्रशासनले बैशाख २३ मा प्रकाशित सूचना निरन्तर रहेको व्यहोरा समेत अनुरोध छ भने यस सूचना विपरित गतिविधि कोही कसैबाट भएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

तपाईको प्रतिक्रिया