स्थानीय तह निर्वाचन

यी हुन्, एमाले आठबीसका १९ संकल्प

प्रतिबद्धतामा ऐन–नियम निर्माणदेखि सुशासन, गरिबी निवारण र रोजगारीसम्म

सुर्खेत । स्थानीय तह निर्वाचन–२०७९ को मिति आउँन अब चार दिन बाँकी छ । विभिन्न दलका उम्मेदवारले आफ्ना मुख्य–मुख्य प्रतिबद्धताहरु सार्वजनिक गर्दै उम्मेदवारको घरदैलोमा पुगेका छन् ।

यसै क्रममा दैलेखको आठबीस नगरपालिकामा पनि राजनीतिक दलले मतदाता भेटघाट कार्यक्रम जारी राखेका छन् । नेकपा एमालेबाट आठबीसको नगर र नगर–उपप्रमुख पदमा उम्मेदवार बनेका उम्मेदवारले पनि आफ्ना चुनावी योजना अगाडी सार्दै प्रचार–प्रचारलाई व्यापक बनाएका छन् ।

एमालेबाट मेयर पदका उम्मेदवार तर्कबहादुर बडुवाल र उप–मेयर पदका उम्मेदवार कल्पनाकुमारी थापा लगायतको चुनावी प्रचार–प्रसार टोलीले मतदाताको घरदैलोमा पुगेर आफ्ना योजनाहरु मतदातालाई थमाएका छन् ।

बडुवाल र थापाले आफ्ना चुनावी प्रतिबद्धतामा विभिन्न १९ संकल्प समेत अगाडि सारेका छन् । जसमा समयानुकूल ऐन–नियम निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, सिँचाइ, सडकरयातायात, आवास व्यवस्था, कृषि समावेश गरिएका छन् ।

यस्तै, पर्यटन, कला–संस्कृति, हाम्रो सम्पत्ति, खेलकुद, समाजवादउन्मुख विकासको चरण, विभेदरहित समाज र महिला सशक्तीकरण, गरिबी निवारण र रोजगारी, वन तथा वातावरण, औद्योगिक विकास, कार्यालय व्यवस्थापन र सेवा प्रवाह, सामाजिक सुरक्षा र सुशासन रहेका छन् ।

प्रतिबद्धताहरूः

१) समयानुकूल ऐन–नियम निर्माण

संविधानले नै स्थानीय सरकारलाई आवश्यक नीति तथा कानुन बनाउने अधिकार सुनिश्चित गरेको छ । संविधान प्रदत्त अधिकारको कार्यान्वयनका लागि ऐन–नियम अपरिहार्य छ । ती कानुन समयानुकूल हुनु अझ महत्वपूर्ण पक्ष हो । त्यसैले स्थानीय आवश्यकताको पहिचान गरी समयसापेक्ष कानुन निर्माणलाई पहिलो प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।

२) शिक्षा 
“समृद्ध आठबीसको आधार गुणस्तरीय शिक्षा र आधुनिक भौतिक पूर्वाधार”

  • विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा पु¥याइनेछ ।
  • माध्यमिक शिक्षालाई निःशुल्क र अनिवार्य बनाई सामुदायिक विद्यालयको गुणस्तर विकास गरेर स्थानीय विद्यालयमा नै सबै बालबालिका पढ्ने वातावरण निर्माण गरिनेछ ।
  •  सबै सार्वजनिक विद्यालयको पक्की भवन निर्माण गरी आवश्यकता अनुसार विज्ञान प्रयोगशाला र खेलकूद पूर्वाधारको विकास गरिनेछ ।
  •  आर्थिक रूपमा विपन्न बालबालिकालाई छात्रवृत्ति र दिवा खाजाको व्यवस्था गरिनेछ ।
  •  विद्यालयहरूलाई मर्ज गरी सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान गरिनेछ । सबै विद्यालयमा आवश्यक शिक्षक दरबन्दी कायम गरिनेछ ।
  •  पाँच वर्षभित्र प्रत्येक वडामा कम्तिमा एक/एक वटा नमुना विद्यालय सञ्चालन गरिनेछ । ती विद्यालयहरूमा छात्रबासको व्यवस्थापन गरिनेछ ।
  • पालिकामा एउटा कृषि क्याम्पस सञ्चालन गरिनेछ ।
  •  प्रत्येक वडामा प्राविधिक विद्यालय स्थापना गर्ने र प्रविधिमैत्री विद्यालय बनाउने ।
  • बहुविद्यालय स्थापना गर्ने ।
  •  सामुदायिक विद्यालय गुणस्तर प्रवद्र्धनको लागि अभिभावकहरूबाट नै शैक्षिक सामग्री निर्माणमा विशेष पहलकदमी गर्ने ।
  • माध्यमिक विद्यालयमा खेलकूद शिक्षक र स्वास्थ्यकर्मीको नियुक्ति गर्ने ।
  •  हरेक वडामा सार्वजनिक पुस्तकालय स्थापना गरिनेछ ।
  •  सबै विद्यालयमा अनिवार्य बगैंचाको निर्माण गर्ने ।
  • राकम कर्णालीमा एक खुला पुस्तकालय निर्माण गरिनेछ ।

३) स्वास्थ्य :

“नागरिकप्रति उत्तरदायी सरकार, सबैको स्वास्थ्य बिमा र निःशुल्क उपचार”

  •  राकम कर्णालीमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण तथा सञ्चालन गर्ने, ट्रमा सेन्टरको स्थापना गर्ने ।
  • हरेक वडामा रहेका स्वास्थ्यचौकीको स्तरोन्नति गरी कम्तिमा एक जना एमबीबीएस डक्टरसहित (ल्याब, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवालगायत) सुविधायुक्त बनाइने छ ।
  • सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने छ । प्रत्येक ६/६ महिनामा गाउँबस्तीमा विशेषज्ञ सेवासहित घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने छ ।
  • ज्येष्ठ नागरिक, नवजात शिशु र गर्भवती महिलाको आधारभूत स्वास्थ्य जाँच तथा उपचारका लागि ‘घर–घरमा स्वास्थ्यकर्मी’ सेवा सञ्चालन गरिनेछ । आर्थिक रूपमा विपन्न, ज्येष्ठ नागरिक र आपतकालीन अवस्थामा निःशुल्क सेवा दिने एम्बुलेन्स सञ्चालन गरिनेछ ।
  • पालिकाका सबै नागरिकलाई स्वास्थ्य बिमाका लागि प्रोत्साहन गरिनेछ भने ज्येष्ठ नागरिक, एकल महिला, विपन्न दलित समुदायको स्वास्थ्य बिमा निःशुल्क गरिनेछ ।
  • ‘विरामीसँग स्वास्थ्यकर्मी कार्यक्रम’ लागु गरिनेछ ।

४) खानेपानी :
“जनताको सेवा हाम्रो अभिभारा, घरघरमा पु¥याउँछौं खानेपानीको धारा”

  • सबै नागरिकलाई गुणस्तरीय खानेपानीको पहुँचमा पु¥याउन ‘एक घर, एक धारा’ योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।

५) विद्युतीकरण :

उज्यालो आठबीस, घरघरमा विद्युत

  • राष्ट्रिय प्रसारण लाइन विस्तार गर्दै पालिकाभित्रका हरेकटोल बस्तीमा विजुलीको सुविधा पु¥याइने छ ।
  • बायोग्यास, हावाबाट विजुली, सौर्यऊर्जा, लघुजलविद्युतलगायतका वैकल्पिक ऊर्जाको प्रयोगबाट सबै परिवारमा आधुनिक ऊर्जा पु¥याइने छ ।

६) सिँचाइ :

“कुलो, पोखरी र नहरको प्रयोग, खेतियोग्य जमिनको सदुपयोग”

  •  कुलो, पोखरी तथा नहर निर्माण गरी पाँच वर्षभित्र पालिकाको सबै खेतियोग्य जमिनमा सिचाइँ सुविधा पु¥याइने छ ।
  • सिचाइँका लागि पर्याप्त पानी नभएका स्थानमा कृत्रिम पोखरी निर्माण गरी बाह्रैमहिना सिँचाइको सुविधा उपलब्ध गराइने छ ।

७) सडक/यातायात :

“समृद्ध आठबीसको आधार, टोल बस्तीमा सडक र यातायात पूर्वाधार”

  • सडक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।
  • पालिकाभित्रका प्रत्येक बस्तिमा अनिवार्य सडक विस्तार गरिने छ ।
  • पालिकाको केन्द्रदेखि सबै वडाहरूको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गरिनेछ ।
  • आवश्यकताका आधारमा नयाँ सडक निर्माण र पूराना सडकको स्तरोन्नति गरिनेछ ।
  • राकम कर्णालीमा व्यवस्थित बसर्पाक र पार्किङ स्थल निर्माण ।
  • आठबीस रिङ्गरोड निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग सहकार्य गर्दै निर्माण पुरा गरिनेछ ।
  • कर्णाली राजमार्ग तथा रामाघाट सिंहासैन हुँदै पिपलकोट सडक खण्डबाट आठबीसका वीच गाउँमा पर्ने सबै सडकलाई फराकिलो बनाइनेछ ।
  • कम्तिमा वर्षायाममा समेत ती सडकमा एम्बुलेन्स सञ्चालन हुने गरि विकास गरिनेछ ।
  •  नगर भित्र नगरवस सेवा सञ्चालन गरिनेछ ।

८) आवास व्यवस्था

  • संघ र प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास र सुरक्षित आवास कार्यक्रम कार्यान्वयन गरिनेछ ।
    ड्ड अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने छ ।

९) कृषि :

“कृषि उत्पादनमा वृद्धि, पाँच वर्षभित्र आठबीसको समृद्धि”

  • नगरपालिका भरिको माटो परीक्षण गरिनेछ ।
  •  कृषि उत्पादनलाई आठबीसको आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गरिने छ ।
  • कृषिजन्य उत्पादनलाई वृद्धि गर्न कृषक प्रोत्साहन कार्यक्रम लागू गरिने छ । यसका लागि बीऊ र औजार खरिदमा अनुदान दिने योजना ल्याइने छ ।
  • उत्पादित वस्तुको संकलन तथा बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने छ ।
  • रोजगारमूलक कृषिजन्य उद्यमलाई प्रोत्साहन गर्न व्याज अनुदान दिइने छ ।
  • कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रमा जनशक्ति वृद्धि गरी कृषकलाई सहज सेवा प्रवाह गरिनेछ ।
  •  कृषि विमा र कृषि कर्जा उपलब्ध गराउन पहल गरिने छ ।
  • तरकारी, बेसार, अदुवा, आलु, फापर, अलैंची, टिमुर, टमाटर, फलपूmल र पशुपालनका पकेट क्षेत्रहरू घोषणा गरी एक वडा एक संकलन केन्द्र निर्माण गरी सहकारी संस्थामार्फत संकलन र बिक्रीका लागि प्रोत्साहन गरिने छ ।
  •  बाँझो जमिनलाई सिंचाई उपलब्ध गराएर जमिनको सदुपयोग गरिनेछ ।
  • एक गाउँ–एक उत्पादनको अवधारणा अनुरुप व्यावसायिक कृषिमा जोड दिइनेछ ।
  • आठबीसको राकम कर्णालीमा चिस्यान केन्द्रको स्थापना गरिनेछ ।
  •  पशुपालन तथा पंक्षिपालनलाई प्रोत्साहन दिइनेछ । माहुरी पालनलाई व्यावसायिकरण गरिनेछ ।

१०) पर्यटन :

“नयाँ गन्तव्यको पहिचान, आन्तरिक पर्यटकलाई प्रोत्साहन”

  • पालिकास्तरीय पर्यटन सूचना केन्द्र स्थापना गरिने छ ।
  • आठबीसको संरक्षण, विकास र प्रचारमार्फत् आकर्षक गन्तव्यको रूपमा विकास गरिनेछ ।
  •  आठबीस नगरपालिकामा साहसिक पर्यटन (प्याराग्लाईडिङ्ग, स्काइङ्ग, हट एअर बेलुनिङ्ग, घोडचढी, बन्जी जम्पिङ्ग, जीपलाईन) लगायतका क्षेत्रको सम्भाव्यता अध्ययन गरिनेछ ।
  • आठबीसमा एउटा मनोरञ्जन पार्क र चिल्ड्रेन पार्क निर्माण गरिनेछ ।
  • कर्णाली नदीमा राकम देखि रामाघाट सम्म र्याफ्टिङ सञ्चालनका लागि प्रोत्साहन र प्रवद्र्धन गरिनेछ ।
  • सुर्खेत जुम्ला सडक आसपासका क्षेत्रमा होमस्टे सञ्चालन गर्न व्यावसायिक तालिम र स्वरोजगार कार्यक्रम ।
  • विभिन्न धार्मिक सम्पदाको संरक्षण गर्ने, मठमन्दिरहरुको निर्माण गर्ने कार्य गरिनेछ ।

११) कला–संस्कृति, हाम्रो सम्पत्ति

  • स्थानीय साँस्कृतिक मेला, पर्व तथा जात्राहरूको सञ्चालन र व्यवस्थापनमा सहयोग ।
  • कला–संस्कृति संरक्षणमा योगदान पु¥याउने व्यक्तिहरूलाई पुरस्कृत तथा सम्मान ।
  • विद्यालयमा संगीत शिक्षालाई प्राथमिकीकरण गरिनेछ ।

१२) खेलकुद :

  • सबै वडामा रंगशाला÷खेलमैदान निर्माण गर्ने ।
  • माध्यमिक तहका विद्यालयहरूमा कम्तिमा एक जना खेलकुद शिक्षक अनिवार्य गर्ने ।
  • खेलकुदको समग्र विकासका लागि प्रतिभा पहिचान, प्रशिक्षण, प्रतियोगिता, पारिश्रमिक–पुरस्कार र प्रोत्साहन योजना कार्यान्वयन गर्ने ।
  • पालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुने खेलाडीहरूलाई उचित पुरस्कार र सम्मान गर्ने ।

१३) समाजवादउन्मुख विकासको चरण, विभेदरहित समाज र महिला सशक्तीकरण

  • सबैप्रकारका विभेदको अन्त्य गर्न योजनाबद्ध कार्यक्रम कार्यान्वयन गर्ने ।
  • महिलाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायतमा विशेष अवसर सिर्जना गर्ने ।
  • श्रमिक महिलालाई समान ज्याला, घरेलु तथा लैगिंक हिंसासहित अन्य सामाजिक भेदभाव अन्त्य गर्ने ।
  • महिला स्वरोजगारका लागि सीपमूलक तालिम, साना तथा घरेलु उद्योग स्थापनामा अनुदान उपलब्ध गराउने ।
  • अपांगता भएका, असक्त र पछाडि पारिएका समुदायको उत्थान, अवसर र सामाजिक सुरक्षाका लागि कार्यक्रम बनाइ कार्यान्वयन गर्ने ।
  • छाउपडीसहित अन्य कुरीतिको अन्त्य गर्ने ।
  • हरेक विद्यालयमा निःशुल्क स्यानीटरी प्याड वितरण गरिनेछ ।
  • नयाँ जन्मिने छोरीहरूका लागि ‘छोरी बैंक खाता’ सञ्चालन गरिने छ ।
  • सबै विद्यालयमा रहेका छात्राहरूलाई आत्मसुरक्षा (फाइटब्याक) तालिम गराइने छ ।
  • जेष्ठ नागरिकलाई निःशुल्क तिर्थ यात्रा कार्यक्रम सञ्चालन गर्ने ।
  • जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्ने ।
  • घरेलु हिंसालाई निरुत्साहित र हिंसा गर्नेलाई दण्ड सजाय गरिने व्यवस्था गरिनेछ ।

१४) गरिबी निवारण र रोजगारी 

“घरघरमा रोजगारी, आठबीसमा शून्य बेरोजगारी” रोजगारीका अवसर सिर्जना गरी गरिबी निर्वारण गर्नु मुख्य दायित्व हुने छ । यसका लागि निम्नानुसारका योजना र कार्यक्रम कार्यान्वयन गरिने छ

  • बेरोजगारी समस्या समाधानका लागि पालिकामा ‘रोजगार सेवा केन्द्र’ स्थापना गरी ‘बेरोजगार सहायता कार्यक्रम’ सञ्चालन गरिने छ । जसअन्तर्गत सीपमूलक तालिम, सहुलियतपूर्ण ऋणलगायतमा सहजीकरण गरिने छ
  • ‘विकासमा नागरिक सहभागिता, बेरोजगालाई रोजगारीको सुनिश्चितता’ मूल नारासहित पालिकामा सञ्चालन हुने विकास–निर्माणका योजनामार्फत पर्याप्त रोजगारीका अवसर सिर्जना गरिने छ ।
  •  स्वरोजगारीका लागि लघुउद्यम तथा उद्यमशीलता विकासका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

१५) वन तथा वातावरण :

वन सम्पदा आठबीसको सम्पत्ति हो । यसको संरक्षण र उपयोगमार्फत आर्थिक विकास र समृद्धिको सपना साकार पार्न निम्नानुसारका कार्यक्रम कार्यान्वयन गरिने छ ।

  • वन संरक्षणका लागि वृक्षारोपण कार्यक्रमलाई योजनावद्ध रूपमा सञ्चालन गरिने छ ।
  • सामुदायिक वनको व्यवस्थापन र निजी वनको विकास गरिने ।
  • विकास–निर्माणका कार्य गर्दा वातावरणमैत्री प्रविधिको प्रयोग गरिने छ । सकेसम्म डोजरको सट्टामा श्रम प्रोत्साहन प्रविधिलाई जोड दिइने छ ।
  • भू–संरक्षण नीति बनाएर लागू गरिने छ ।
  • सडकको छेउमा स्थानीय फलपूmलहरूको बोटविरुवा लगाउन प्रोत्साहन गरिनेछ ।
  • खुल्ला क्षेत्र र सार्वजनिक क्षेत्रको संरक्षण विस्तार र उपयोग गरिनेछ ।

१६) औद्योगिक विकास :

“समृद्ध आठबीसको आधार, उद्योग, व्यापार र स्वरोजगार”

  • पालिकामा औद्योगिक ग्राम स्थापना गरिने छ ।
  • लघु, साना तथा मझौला उद्योगको स्थापना र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ ।
  • पालिकाभित्र सञ्चालित सहकारी संस्थालाई उद्योगमा लगानी गर्न प्रोत्साहन गरिने छ ।
  • औद्योगिक क्षेत्रमा लगानी भिœयाउन आवश्यक पहल गरिने छ ।
  • एक वडा–एक सहकारी संस्था सञ्चालन व्यवस्थापनमा प्रोत्साहन गरिने छ ।
  • काष्ठकला, क्रसर, स्लेट÷टायल, अर्गानिक विस्कुट, नेपाली कागज, आर्युवेद प्रशोधन, सञ्चालनका लागि नीजि क्षेत्रसँग सहकार्य गरिनेछ ।

१७) कार्यालय व्यवस्थापन र सेवा प्रवाह

  • नगरपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिने छ ।
  • सबै वडाका भवन निर्माण गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाइने छ ।
  • नगरपालिकासहित सबै वडामा सभाहल निर्माण गरिने छ ।
  • सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाइने छ ।
  • आवश्यक संख्यामा दक्ष जनशक्तिको व्यवस्थापन गरिने छ ।

१८) सामाजिक सुरक्षा

  • पालिकाभित्र रहेका सिमान्तकृत, विपन्न र लोपोन्मुख समुदायको आर्थिक तथा सामाजिक सुरक्षालाई विशेष ध्यान दिइने छ ।
  • ज्येष्ठ नागरिकले पाउने वृद्धभत्तासहित अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतले पाउने सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउन वडाका केन्द्रमार्फत प्रबन्ध मिलाइनेछ ।

१९) सुशासन

  • पारदर्शीता, जवाफदेहिता, सदाचार र उच्च नैतिकतालाई सदैव आत्मसाथ गरिने छ ।
  • भ्रष्टाचार हुन नदिन र सुशासन कायम गर्न जोड दिइने छ ।
  • जनप्रतिनिधिहरू अनुपयुक्त र अवान्छित खर्च गर्ने छैनन् । भ्रष्टाचारको अन्त्य गरिने छ ।
  • नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गरी योजनाहरूको सामाजिक परीक्षण गरिनेछ ।
तपाईको प्रतिक्रिया