स्थानीय निर्वाचन–२०७९

एमाले भेरीगंगाको घोषणा : नगरपालिकालाई देशकै उदाहरणीय र नमूना बनाउँने

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकाको मेयर पदमा उम्मेद्वार रहेका नेकपा (एमाले)बाट यज्ञप्रसाद ढकाल र उप–मेयरमा धनसरा बोहरा चुनावी मैदानमा छन् । उम्मेदवार बनेसँगै उनीहरुले घरदैलो कार्यक्रमलाई आजदेखी सकेका छन् । स्थानीय तह निर्वाचन–२०७९ को मिति आउँन अब तीन दिन बाँकी छ ।

विभिन्न दलका उम्मेदवारले आफ्ना मुख्य–मुख्य प्रतिबद्धताहरु सार्वजनिक गरिरँदा उम्मेदवारको घरदैलोमा पुगेसँगै एमाले भेरीगंगाका एमालेबाट उम्मेदवारहरु पनि मतदाताकहाँ पुगेका हुन् । उनीहरुले मतदाता भेटघाट कार्यक्रम सँगै आफ्ना चुनावी योजना अगाडी सार्दै प्रचार–प्रचारलाई व्यापक सकेका छन् ।

उम्मेदवार ढकाल र बोहरासहितले चुनावी प्रचार–प्रसार टोलीले मतदाताको घरदैलोमा पुगेर आफ्ना योजनाहरु मतदातालाई थमाएका छन् । ढकाल र बोहराले आफ्ना चुनावी प्रतिबद्धतामा विभिन्न योजनाहरु समावेश गरेका छन । जसमा समयानुकूल ऐन–नियम निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, सिँचाइ, सडक र यातायात, आवास व्यवस्था, कृषि, भेरीगंगालाई देशकै उदाहरणीय र नमूना नगरपालिका बनाउँने जस्ता योजना समावेश गरिएका छन् ।

मंगलबार राती १२ बजेदेखी माैनअवधि शुरु हुने भएकाले भेरीगंगामा एमालेले समृद्ध नगर र खुशी नगरबासीको नारासहित आफ्नो चुनावी अभियान मतदातामाझ स्पष्ट राखि सकेका हुन् । नगरको विकास र समृद्धिका लागि सबै भन्दा पहिले सुशासनमा सरकार सञ्चालन गरी सरकारलाई जनउत्तरदायी बनाउने योजना रहेको मेयर पदका उम्मेद्वार ढकालले बताए ।

ढकालले नगरपालिकामा भ्रष्टाचार बढेको बताउँदै जनशक्ति परिचालनको अवस्था कुनै सिस्टम नुहुँदा अवस्तव्यत भएको बताए । ढकालले भने, ‘हाम्रो देशमा सुशासन पटकै छैन् । विकास निर्माणका योजना छनोटमा अस्तव्यस्त छ । मेरो पहिलो काम सुशासन कायम गरी बस्तीस्तरदेखि नगरसभासम्म योजना छनोटको कामलाई व्यवस्थित गराउँछु । आफ्नाको भन्दा पनि जनताको सहभागितामा भेरीगंगाको विकासका लागि योजना छनोट गर्छु ।’

ढकालले नगरको विकास निर्माणलाई व्यवस्थित गर्नका लागि गुरुयोजना, नगरमा अति गरिब, विपन्न परिवार तथा लक्षित वर्गको उत्थानका लागि विशेष कार्यक्रम, जनताको आवश्यकता पहिचान गरी जनताकै चाहानामा विकास, जनप्रतिनिधि जनताका शासक होइन, सेवक हुन् भनेर स्थापित गर्ने आफ्नो प्रतिबद्धता रहेको उल्लेख गरे ।

यस्तै, ढकालले भेरीगंगा नगरपालिका कर्णाली प्रदेशको मुल ढोका भएकाले देशकै उदारणीय र नमूना नगरपालिका बनाउँने, जसका लागि भेरीगंगालाई देशकै उदरणीय र नमुना नगरपालिका बनाउँन प्रदेश सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने जस्ता योजना एमालले बनाएको जानकारी दिए ।

को हुन्, मेयर पदका उम्मेदवार ढकाल ?

भेरीगंगा नगरपालिका मेयर पदका उम्मेदवार यज्ञप्रसाद ढकालको जन्म २०२३ सालमा भएको हो । भेरीगंगा नगरपालिका–१२ मा जन्मिएका ढकाल विद्यार्थी राजनीतिबाटै राजनीतिमा उद्दाएका लोकप्रिय नेता हुन् । २०३८ सालका पहिलो पटक कक्षा ८ मा पढ्दै गर्दा ढकाल विद्यार्थी राजनीतिमा सस्दय बनेका थिए । सानै उमेरदेखि राजीनितका चिन्ता व्यक्त गर्ने ढकाल विद्यार्थी नेताबाटै राजनीति बुझ्न थालिसेको छ ।

माध्यमिक तहको पढाई सकेपछि तत्कालिन सुर्खेत क्याम्पस शिक्षामा पढ्दै गर्दा अनेरास्वियुको सदस्य समेत बनेका थिए । समाजमा हुने विभिन्न विषयमा खरो आवज उठाउँने ढकाल न्याय, अत्याचार, शोषण, उत्पीडन र भेदभावले गर्दा उनमा यस विरुद्ध विद्रोह गर्दथे।

ढकालले भने, ‘समाजमा हुने यस्ता प्रविधिलाई अन्त्य गर्नका लागि मेरो राजनीतिक यात्रा शुरू भएको हो ।’ ढकालले थपे, ‘राजनीतिमा आउनुमा मेरो एकदुई वटा कारण छन् । राजनीति खराब मान्छेले गर्ने होइन रहेछ । असल मान्छेले राजनीति गर्ने रहेछ । समाजमा हुने अत्याचार, शोषण, उत्पीडत, गरिब माथि भेद्वभाव लगायतका यस्ता विकृति र विसंगति छ । यसको विरुद्धमा बोल्न आवश्यक छ । त्यसैले समाज परिवर्तनका लागि राजनीतिमा आए ।’

त्यस्तै, ढकाल नेकपा (एमाले) छिन्चु गाउँ कमिटीको उपसचिव, सचिव, क्षेत्र नं १ को क्षेत्रीय कमिटी सचिव हुँदै जिल्ला कमिटी सदस्य समेत बनेर अनुभव समालेका छन् । २०४२ सालदेखि उनले २४ वर्ष शिक्षण पेशामा समेत आफ्नो अनुभव समालेका छन् ।

शिक्षण पेशामा हुँदा पनि ढकालले राजनीतिक यात्रालाई निरन्तता दिए । ढकालले नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको सदस्य भएर काम गरे । यस्तै, ढकाल हाल एमाले जिल्ला कमिटी सचिवालय सदस्य र भेरीगंगा नगरपालिकाका इन्चार्ज छन् । उनले स्नात्तक तहसम्मको पढाई पुरा गरेका छन् ।

तपाईको प्रतिक्रिया