स्थानीय निर्वाचन–२०७९

एमाले ठाँटीकाँधको घरदैलो अभियान

दैलेख । स्थानीय तह निर्वाचन–२०७९ को मिति आउँन अब तीन दिन बाँकी छ । विभिन्न दलका उम्मेदवारले आफ्ना मुख्य–मुख्य प्रतिबद्धताहरु सार्वजनिक गर्दै मतदाताकाे घरदैलोमा पुग्ने, चुनावी आमसभा गर्ने कार्य पनि जारी राखेका छन् ।

यसै क्रममा नेकपा (एमाले) दैलेख ठाँटीकाँध गाउँपालिकाले पनि चुनावी अभियानलाई तिव्रता दिएको छ । एमालेबाट ठाँटीकाँध गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लक्ष्मीदेवी शाह र उपाध्यक्षका उम्मेदवार देबिराम बडुवाललगायत अन्य वडाका उम्मेदवारले घरदैलो अभियानलाई निरन्तता दिएका छन् ।

 

६ वटा वडा रहेको ठाँटीकाँध गाउँपालिकामा उम्मेदवारहरुले मतदाता भेटघाट कार्यक्रम सँगै आफ्ना चुनावी योजना अगाडी सार्दै प्रचार–प्रचारलाई व्यापक बनाएका छन् ।

उम्मेदवार शाह, बडुवाललगायत अन्य उम्मेदवारहरुसँगै चुनावी प्रचार–प्रसार टोलीले मतदाताको घरदैलोमा पुगेर आफ्ना योजनाहरु मतदातालाई थमाएका छन् ।

शाह र बडुवालले आफ्ना चुनावी प्रतिबद्धतामा विभिन्न योजनाहरु समावेश गरेका छन । जसमा ऐन–नियम निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, सिँचाइ, सडक र यातायात, आवास व्यवस्था, कृर्षि ठाँटीकाँध गाउँपालिकाका मुख्य आधार र जनताका आवश्यकता अनुसारका स्ता योजनाहरु समावेश गरिएका छन् ।

यस्तै, नेकपा (एमाले) ठाँटीकाँध गाउँपालिकाको चुनावी सभा सोमबार पालिकामा भएको छ । उक्त सभाको प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालको रहेको थियो ।

यस्तै, विशेष अतिथि नेकपा एमाले कर्णाली कमिटि सदस्य विनोदकुमार शाह तथा अतिथिहरु एमालेका नेता तर्क शाही, बखत भण्डारी, हेमन्त दशौंदी लगायतको सहभागीता रहेको थियो ।

सहभागी नेताहरुले सभालाई सम्बोधन गर्दै ठाँटीकाँध गाउँपालिका नेकपा एमालेको लालकिल्ला रहेको भन्दै अन्य कुनै दलले पनि एमालेलाई हराउँन नसक्दे दाबी गरेका छन् ।

नेताहरुले देशको विकास गर्ने र जनातको मर्म बुझुने पार्टी नेकपा एमाले मात्रै भएकोले ठाँटीकाँधबासी आम जनताले सुर्यलाई मतदान गर्ने कुरामा ढुक्क भएकाे भन्दै एमालेको जित सुनिश्चित रहेको दाबी  समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया