कालिकोटमा श्रीमानसँग विवाद हुँदा श्रीमति बेपत्ता

कालिकोट । कालिकोटमा श्रीमानश्रीमतिबीच सामान्य विवाद हुँदा श्रीमति बेपत्ता भएकी छन् । सोमबार राती साढे १० बजेको समयमा विवाद हुँदा श्रीमति बेपत्ता भएकी हुन् ।

प्रहरी चौकी नाग्मागार्ड कालिकोटका अनुसार तिलागुफा नगरपालिका–१ नाग्माका भुपेन्द्र शाही र उनको श्रीमतिबीच सामान्य विवाद भएको हो ।

उक्त विवाद पछि शाहीकी ३० वर्षीया श्रीमति राधिका शाही घरबाट निस्केर रातिदेखिनै बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयले खोजी गर्दै जादा राधिकाको ज्याकेट मात्रै तिला नदीको किनारमा फेला परेको छ भने हाल घटना स्थलमा प्रहरी पुगेर राधिकाको खोजीकार्या जारी राखेको छ ।

तपाईको प्रतिक्रिया