वीरेन्द्रनगरलाई उत्कृष्ट नगरपालिका बनाउँने छु : ढकाल

सुर्खेत । नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिका मेयर पदकी उम्मेदवार मोहनमाया ढकालले नगरपालिकालाई उत्कृष्ट पालिका बनाउँने प्रतिबद्धता व्यक्त गरेकि छन् ।

मंगलबार वीरेन्द्रनगरमा भएको बृहत चुनावी जनसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएकी हुन् । ढकालले वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका नागरिकलाई राम्रो र हाम्रो सँगै उत्कृष्ट नगरपालिका बनाउँन प्रतिबद्धता जाहेर गरिन् ।

कार्यक्रममा सहभागी मतदाताहरुलाई सम्बोधन गर्दै उम्मेदवार ढकालले भनिन्, ‘मैले जितेपछि जनताको आवश्यकता अनुसारको काम गर्ने छु । एमालले नगरको प्रमुखमा महिलालाई उठाएकोमा धन्यवाद दिन चाहान्छु । साथै मेयर महिलाले जितेपछि भोली हजारौं छोरीलाई नेतृत्वमा पुग्न ढोका खुल्ला हुने छ ।’

ढकाले थपिन्, ‘नेकपा एमालेले वीरेन्द्रनगरबाट संविधानमा रहेको मैलिक हकलाई स्थापित गर्दै छ । त्यस कारण सूर्य चिह्नमा मतदान गर्न म आम नगरबासीलाई अनुरोध गर्न चाहान्छु र प्रतिबद्धता जाहेर गर्न चाहान्छु तपाईंको शिर झुक्नेगरि कहिल्यै पनि काम गर्ने छैन् ।’

यस्तै, ढकालले आम नगरबासीलाई आफ्नो टिमले विश्वास र महाशुस गर्ने गरि नगरपालिकाको विकास निर्माण, समाजिक सुरक्षा, सामाजिक न्ययासहितको विकास र बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला लगायत सबैको संरक्षण हुनेगरि विकासलाई आफ्नो नेतृत्वको टिमले काम गर्ने गरि अगाडी बढेको स्पष्ट पारिन् ।

तपाईको प्रतिक्रिया