स्थानीय निर्वाचन–२०७९

वीरेन्द्रनगरवासीहरु सूर्यमा छाप लगाउँन आतुर भएका छन् : कँडेल

सुर्खेत । नेकपा (एमाले) स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले वीरेन्द्रनगरका जनता सूर्यमा छाप लगाउँन आतुर भएको बताएका छन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगर–६ मा एमाले नगर कमिटिले आयोजना गरेको बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कँडेलले वीरेन्द्रनगरका नगरवासीहरु बैशाख ३० गते कुरेर बसीरहेका बताए । कँडेलले भने, ‘वीरेन्द्रनगरका आम मतदाताहरु कहिले सूर्यमा छाप लगाउँने भन्दै आतुर हुनुहुन्छ । आजको यो सभाले देखाई दिएको छ वीरेन्द्रनगरमा एमालेको जनधार कस्तो छ भनेर । यीनै मतदाताले कसैको पनि करकाप, पैसा, डर, धम्कीले नभई आफु खुसीले सूर्यमा मत हालेर एमालेका उम्मेदवारलाई जिताउँनु हुने छ ।’

कँडेलले सोमबार सोही स्थानमा भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सम्बोधन गरेको गठबन्धनको कार्यक्रमलाई कटाक्ष गर्दै एमालले कार्यक्रम गर्नको लागि पिपलचौतारीको स्थान सानो भएको भन्दै टुडिखेल बराबर क्षेत्रफल भएको स्थानको आवश्यक पर्ने दाबी गरे ।

कँडेलले भने, ‘हिजो यहीँ ठाउँमा भएको गठबन्धनको बृहत चुनावी सभा पनि देखियो कस्तो थियो भनेर तर, आज गठबन्धन तर्सिएको होला एमालेको यो सभा देखेर ।’

तपाईको प्रतिक्रिया