चुनावमा बालबालिकाको दुरुपयोग नगर्न अपिल

सुर्खेत । बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले स्थानीय तह निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न अपिल गरेको छ । कर्णाली प्रदेश समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो ।

प्रदेश अध्यक्ष टिकाराम आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक दल र उमेद्वारहरुले विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानून तथा आचारसंहिता विपरित बालबालिकालाई प्रयोग गर्नु दुखत भएको उल्लेख गरिएको छ ।

साथै निर्वाचनका गतिविधिमा बालबालिकाको दुरुप्रयोग अझ बढ्न सक्ने भन्दै कुनै पनि राजनीतिक दलले आफ्ना कार्यक्रममा दुरुपयोग नगर्ने नगराउन अपिल गरिएको छ ।

निर्वाचन वा कुनै पनि बहानामा बालबालिकाको प्रयोग भए नभएको अनुगमन गरी सम्बन्धित राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराइएको छ ।

बाल अधिकार महासन्धी र नेपालको कानूनले समेत निर्वाचनमा बालबालिकाको प्रयोग गर्ने कार्यलाई बालबालिका विरुद्धको कसुर मानेको स्मरण गराउँदै निर्वाचन आचार संहिताले पनि १८ बर्ष नपुगेका बालबालिकाहरुलाई प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

केही दिन अघि राजनीतिक दलका प्रदेशस्तरीय प्रतिनिधिहरुले चुनावमा बालबालिकालाई प्रयोग नगर्ने नगराउन प्रतिबद्धता समेत गरेका थिए । तर दलहरुले बालबालिकालाई विभिन्न ¥याली आम सभा र जुलुसमा प्रयोग गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया