काँग्रेस उप-सभापति खड्काले गरे एकै दिन चार चुनावी सभामा सम्बोधन

‘गठबन्धनलाई जिताऔं, सुर्खेतको विकासमा कायापलट गर्छौं’

सुर्खेत । स्थानीय तहको निर्वाचन दिन नजिकीदै गर्दा नेपाली काँग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले सुर्खेत र सल्यानमा अन्तिम चुनावी सभाको सम्बोन्धन गरेका छन् । पूर्व गृहमन्त्री समेत रहेका खड्काले पूर्वी सुर्खेतको सिम्ता, गुर्भाकोट, बावियाचौर र सल्यानको सल्लिबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका हुन् ।

गुर्भाकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खड्काले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाको लागि गठवन्धन तयार भएको उल्लेख गरे । ‘प्र्रतिगमनकारी कदम, गणतन्त्र विरोधी, लोकतन्त्र र संविधान विरोधी कदमलाई रोक्न कै लागि गठवन्धन भएको हो,’ खड्काले भने, ‘नेकपा एमालेमा व्याप्त प्रतिगमनलाई सहन नसकेर एमाले पार्टी फुटाएर एकिकृत समाजवादी पार्टी बनाउनु भएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितको गठवन्धको सरकार बन्न पुगेको स्मरण गराउन चाहान्छु ।’

 

नेपाली कांग्रेस पार्टीले गठबन्धन नबनाएको स्पष्ट पार्दै खड्काले भने ‘गठवन्धन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार, घमण्ड, संविधान, गणतन्त्र तथा लोकतन्त्र विरोधी गतिविधी संस्थागत गर्दै लोकतन्त्रको आधार स्तम्भलाई जोगान बनेको हो ।’

जनताका सदिऔंदेखि तोकिएका अधिकारलाई कुण्ठित गर्ने काम एमाले अध्यक्ष ओलीले सुरु गरेको आरोप उपसभापति खड्काले लगाए । गठवन्धन कुनै उम्मेदवारलाई जिताउन नभई संविधानको रक्षाका लागि भएको भन्दै गठवन्धनका उम्मेदवारलाई मतदान गर्न उनको छ । गठवन्धनको खिलाफमा कोही जान्छ भने त्यस्ता उम्मेदवारलाई कांग्रेसले पार्टीबाट निस्कासन गर्ने चेतावनी उनले दिए ।

यस्तै सुर्खेतको सिम्ता गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खड्काले सिम्ता विकासका लागि आफू सधैं प्रतिवद्ध रहेको बताए । उनले भने ‘नेपाली कांग्रेसलाई टर्च बालेर खोज्नु पर्छ भन्ने एमाले अध्यक्ष ओली अहिले सडकमा भौतारी रहनु भएको छ ।’ मुलुकमा अमन चयन कायम गर्दै ७० वर्षदेखिको त्यागबाट बनेको संविधान र लोकतन्त्रको रक्षाका लागि गठवन्धन भएको उनको दावी छ ।

गठवन्धनलाई जिताए दुई वर्षभित्र पूर्वी सुर्खेतका बाँकी रहेका सडकहरु चिल्ला हुने उनले बताए । उनका अनुसार सिम्ता गाउँपालिकामा विजुली, सिँचाई, खानेपानी तथा प्रविधि विकासका लागि एक अर्व चालिस करोड बजेट जलस्रोत मन्त्रालयसँग सम्झौता भइ सकेकाले आगामी बजेटमा समावेश गरिनेछ ।

हिजो एक्लै काम गर्दा विकास गर्न सम्भव नभएको सिम्ता अब गठबन्धनका कारण झिलिमिलि हुने दावी खड्काको छ । ‘तपाई गठवन्धनको मतदाता बन्नुस, गरेका कामको प्रचार गर्नुस्, कामै नगरेर एमालेको जस्तो गलत प्रचार नगर्नुस्,’ कार्यकर्तालाई निर्देशन दिँदै खड्काले भने, ‘सिम्ताको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, विजुली, सडक पूर्वाधार विकास, पर्यटन पूर्वाधारको विकास, रोजगारी सिर्जनामा गठवन्धन सरकारले कुनै पनि कसरत बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

पश्चिम सुर्खेतको पञ्चपुरीको बाबियाचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुग्नु भएका नेता खड्काले पश्चिमको प्रमुख समस्या सडक र विजुली भएको उल्लेख गरे । उनले आउने गठवन्धन सरकारले पाँच वर्षभित्र पश्चिम सर्खेतमा पक्की बाटो पु¥याउदै सबै नागरिकका घर–घरमा विजुली नपु¥याए फेरी फर्केर नआउने दावी गरे ।

तपाईको प्रतिक्रिया