स्थानीय निर्वाचन–२०७९

लेकबेशी नगरपालिकाको मेयर पदका उम्मेदवारमा को कति बलियो ?

सुर्खेत । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारमा तल्लिन राजनीतिक दलहरु नगरको नेतृत्वमा आफ्नै दलको उम्मेदवार आउने आ–आफ्नै दाबी छ ।

लेकबेशीमा गठबन्धन दलबाट उम्मेदवार बनेका कांग्रेसका युवा नेता उमेशकुमार पौडेल, नेकपा एमालेका तर्फबाट देवबहादुर राना, माओवादी केन्द्रका तर्फबाट रामबहादुर चपाईं र स्वतन्त्र उम्मेदवार कमलप्रसाद आचार्य (लामिछाने)ले उम्मेदवारी दिएका छन् ।

लेकबेशी नगरपालिकामा नेपाली कांग्रेसको पल्ला भारी हुने कांग्रेस निकट समर्थकको दाबी छ । ०७४ सालमा एमालेको पल्ला भारी भएको लेकबेशीमा यसपटकको निर्वाचनमा भने कांग्रेसको पल्ला भारी हुने निश्चित बनेको छ ।

अघिल्लो मत अनुसार झण्डै १३ सयको मतान्तरले पराजीत गरेको एमालेले आफ्नो मत जोगाउन नसक्दा त्यसको फाईदा कांग्रेसलाई मिल्ने पक्का भएको छ । नेकपा एमाले टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवा)दीले एमालेको मत काट्ने छ ।

एमालेबाट विभाजित बनेर गठन भएको समाजवादीले एमालेका नगरप्रमुख उम्मेदवार रानालाई धक्का लाग्ने निश्चित बनेको छ । लेकबेशीमा नेपाली कांग्रेस र नेकपा एमालेको मत संख्या हेर्दा लेकबेशीमा एमालेको मेयर पदका उम्मेदवार राना र गठबन्धन अर्थात कांग्रेसको तर्फबाट उम्मेदवार बनेका पौडेलबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

एमालेबाट टुक्रिएर बनेको समाजवादीले एमालेको मत काट्ने हुदाँ गठबन्धनका उम्मेदवार पौडेललाई जित हासिल गर्न सहज हुने कांग्रेसको दाबी छ । अर्काेतिर कांग्रेसले आफ्नो मत यथावत राख्न सक्यो भने, विभिन्न पार्टीबाट कांग्रेसमा समाहित गराएको हुदाँ पनि अघिल्लो निर्वाचनको भन्दा मत संख्या दोब्बरले बढेको कांग्रेसको दाबी छ ।

एमालेको जम्मा मत मध्ये समाजवादीको चार सयदेखि पाँच सयको हाराहारीमा मत कांग्रेसको मेयर पौडेलले पाउने निश्चित बनेको छ ।उम्मेदवार पौडलको विरुद्धमा स्वतन्त्र उम्मेदवार दिएका कमल प्रसाद लामिछानेले खासै असर नगर्ने उम्मेदवार पौडेलको भनाई छ । उनका अनुसार स्वतन्त्र उम्मेदवार लामिछानेले एक सय मत ल्याउन पनि कठिन हुने अनुमान छ ।

आफ्नै वडाबाट मत नपाउने निश्चित बनेको लामिछानेले अधिकतम एक सय मत ल्याउने हुदाँ मेयर पदका उम्मेदवार पौडेललाई असर नगर्ने कांग्रेसको जिकिर छ । उम्मेदवार पौडेललाई कांग्रेस, समाजवादीको जम्मा मत आउने र माओवादी केन्द्र र राप्रपाबाट समेत केही मत आउने उम्मेदवार पौडेलको दाबी छ ।

नेकपा एमालले पनि नगरपालिकाभित्र मेयर उपमेयर सहित वडाहरुमा वर्चश्व हुने दाबी गरेको छ । एमालेका अनुसार अघिल्लो निर्वाचनभन्दा दोब्बर मत भएको जिकिर छ । एमालेबाट टुक्रिएको समाजवादीले असर नगर्ने भन्दै थप माओवादी केन्द्रबाट पार्टीमा समाहित हुदाँ माओवादीलाई जित्न सहज हुने एमाले लेकबेशीका एक नेताको भनाई छ । ‘लेकबेशीमा समाजवादीले एमालेलाई कुनै असर गर्दैन’ ति नेताले भने, ‘अन्य पार्टीबाट छोडेर प्रवेश गरेको हुदाँ अघिल्लो चुनाव भन्दा यसपटक मत संख्या दोब्बर नै छ ।’

लेकबेशीमा समाजवादीको मत हेर्दा झण्डै चार सयदेखि पाँच सयको हाराहारीमा रहेको छ, भने नेकपा माओवादी केन्द्रको झण्डै १२ सयदेखि १५ सयको हाराहारीमा हुन सक्ने अनुमान छ । नगरको मेयर पदमा उम्मेदवारी दिएको माओवादी केन्द्रले जित आफ्नो पक्षमा भएको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया