कफनले बहिष्कार ग¥यो स्थानीय तहको निर्वाचन

सुर्खेत । स्थानीय तहको निर्वाचन–२०७९ नजिकिदै गर्दा कफनले भने बहिष्कार गरेको छ । कफनको केन्द्रीय निर्णय अनुसार नै देशैभर चुनाव बहिष्कार गरेको हो ।

यसै क्रममा कफन मध्यपश्चिम डिभिजनले आम नागरिकका करिब २३ बुँदे अपेक्षा तथा प्रश्नहरु सार्वजनिक गर्दै निर्वाचन बहिष्कार गरेको हो ।

यहीँ बैशाख ३० गते हुने निर्वाचनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि कफन उक्त नागरिकका २३ बुँदे अपेक्षा तथा प्रश्नहरुको उत्तर माग गर्दै  चुनाव बहिष्कार गरेको कफन वीरेन्द्रनगरका संयोजक दिनेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार कफन २०७० सालबाट निरन्तर रुपमा आफ्ना मात्रै नभई आम नागरिका अपेक्षा र प्रश्नहरुको उत्तर खोज्दै हिँडेको छ । कफनले २०७४ सालको निर्वाचन पनि बहिष्कार गरेको थियो ।

यस्तै, उक्त प्रश्नहरुमा नेपाली जनतालाई पानी जहाजको सपना देखाएर अझै पनि किन सञ्चालन आएन् ?, भाषणमा मात्रै सिमित रहेको चाईनिज रेल कहाँ सम्म आइपुग्यो ?, वाइडबढी काण्ड तथा लौडा काण्डको मतियारहरु कारबाहीको दायरामा आउनु पदैनर ?, अख्तियारमा स्थानीय तहका भ्रष्टाचार सम्बन्धि २० हजार उजुरी र मेयरसहित ३९ जना जनप्रतिनिधि विरुद्ध विशेष अदालतमा मुद्या दायार छन् किन ? यहीँ गणतन्त्रको विषेशता ? जस्ता कुराहरु समावेश गरिएका संयोजक पाण्डेले जानकारी दिए ।

यस्ता छन्, नागरिका अपेक्षा र प्रश्नहरु

तपाईको प्रतिक्रिया