निर्वाचन आयोगले आज र भोलि मतदाता शिक्षा दिने

काठमाडौं।  निर्वाचन आयोगले वैशाख २८ र २९ गते मतदाता शिक्षा दिने भएको छ।

मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने आयोगले जनाएको छ।

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यसपटक अघि नै गरिने भएको हो। टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ।

तपाईको प्रतिक्रिया