प्रहरी चौकीमा आक्रमण गर्ने माओवादीका गाउँ कमिटी अध्यक्ष पक्राउ

सुर्खेत । रुकुम पश्चिममा प्रहरी चौकी आक्रमण गर्ने गाउँ कमिटीका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । यहीँ बैशाख २१ गते राती जिल्लाको त्रिवेणी गाउँपालिका–९ नुवाकोटमा रहेको प्रहरी चौकीमा आक्रमण गर्ने सोही गाउँपालिकाका गाउँ कमिटी अध्यक्ष ५० वर्षीय गणेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो । खड्का त्रिवेणि गाउँपालिका–८ का स्थायीबासी हुन् ।


नुवाकोट डाँडामा राती वाईसीयल र तरुण दल कार्यकताविच झडपपछि खड्काको नेतृत्वमा गएको टोलीले प्रहरी चौकीमा आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

प्रहरी चौकीमा ढुंगामुढासँगै वाइसीयल कार्यकर्ताले काँग्रेसका त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार अमर सिंह खड्का चढ्ने रा १ ज १२६२ नम्बरको गाडीमा क्षती समेत पु¥याएको प्रवक्ता पाण्डेले उल्लेख गरे । उनकाअनुसार माओवादीका गाउँ कमिटी अध्यक्ष खड्काको नेतृत्वमा घटना भएको खुलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । खड्कालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मुसीकाेट रुकुमपश्चिमबाट प्रहरीको थप टोली नुवाकोट पुगेको थियो ।

तपाईको प्रतिक्रिया