डोल्पामा लेक लागेर एक म्यादी प्रहरीको मृत्यु

सुर्खेत । उपल्लो डोल्पामा लेक लागेर एक म्यादी प्रहरीको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिका शे स्थित गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय डोल्पाका डिएसपी निरन्जन थापाले ठूलीभेरी नगरपालिका–७ का सुनिल विकको मृत्यु भएको बताए । मृतकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया