काँग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्ताका मोटरसाइकलमा आगजनीको प्रयास

सुर्खेत । दैलेखकाे चामुण्डाविन्द्रासैनीमा काँग्रेसका कार्यकर्ताहरुले एमालेका कार्यकर्ताले पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा आगजनीकाे प्रयास गरेकाे आराेप एमालेले लगाएकाे छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ पुनडाँडामा एमालेले पार्किङ्ग गरि राखेको मोटरसाइकलमा आज विहान साढे तीन बजेतिर आगजनी गर्न खाेजेकाे एमाले चामुण्डाविन्द्रासैनी नगर कमिटीले विज्ञप्तीमा उल्लेख गरेकाे छ ।

एमाले नगरकमिटी अध्यक्ष रङ्गबहादुर तामाङ्गले जारी गरेकाे विज्ञप्तिमा दावी गरेर भनिएकाे छ, ‘बुधबार बिहान साढे ३ बजेको समयमा चामुण्डाबिन्द्रासैनी–२ पुनडाँडामा रहेको देविराम वि.कको घरमा पार्किङ्ग गरी राखिएका मोटरसाइकहरू कर्णाली प्रदेश ००१ प ४०३४, ०२–००१ प ९९६६, ०२–००२ प ३७७३, २–०३३०१९ प ७५५४ र देविरामको बा ४४ प १०७५ नम्बरको मोटरसाइकका पाटपूर्जा काटेर आगजनी गर्ने क्रममा घर धनीले थाहा पाउँदा उनीहरु फरार भएका हुन् ।’

आगजनी गर्न खाेज्नेमा चामुण्डाबिन्द्रासैनी–४ का अन्दाजी २३ वर्षीय सन्देश शाही, २४ वर्षीय भूवन शाही, २४ वर्षीय किरण शाही, चामुण्डा–५ का २१ वर्षीय अशोक शाही र चामुण्डा–३ का २७ वर्षीय सुनिल शाही रहेकाे विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया