परिचय खुल्ने कागजात भए मतदान गर्न पाइने

काठमाडौं।  निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नभएको जानकारी दिएको छ। परिचय खुल्ने गरी सरकारी निकायबाट जारी भएको कागजात भए मतदानमा सहभागी हुन नरोक्न आयोगले सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिँदै यस्तो जानकारी दिएको हो।

‘आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ,’ आयोले जारी गरेको निर्देशनमा उल्लेख छ।

यही वैशाख ३० गते शुक्रबारका बिहान ७ बजे स्थानीय निर्वाचनका लागि मतदान सुरु हुँदैछ। प्रत्येक व्यक्तिले बढीमा ७ पदका लागि उम्मेदवार छान्न पाउछन्। मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य वडा सदस्य, दलित महिला वडा सदस्य र खुलातर्फ दुई जना वडा सदस्यलाई मतदान दिन सकिने छ।

तपाईको प्रतिक्रिया