कर्णालीवासीलाई उपचारमा थप पहुँच पु¥याउदै छौं : प्रा.डा खड्का

सुर्खेत । कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले कर्णालीका नागरिकहरुको उपचारमा थप पहुँच पुर्‍याउन अस्पताल लागि रहेको बताएका छन् ।


बिहीबार २०२ औं अन्तराष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा बोल्दै प्रा.डा. खड्काले कर्णालीवासीलाई उपचारका लागि कर्णाली बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्न अस्पतालले स्वास्थ सेवा विस्तारमा लागि परेको बताए ।
कार्यक्रममा बोल्दै अस्पतालले दिनानुदिन नयाँ-नयाँ सेवा विस्तार गरिरहेको बतादै प्रा.डा. खड्काले भने, ‘कर्णालीका नागरिकलाई सबै प्रकारका स्वास्थ्य सेवामा सुलभ पहुँच पुर्‍याउन अस्पताल दिनरात लागि परेको छ ।

थप सेवा विस्तार गर्दै उपचारमा सहजता ल्याउनका लागि छिट्टै एमआरई मेसिन जडान गर्ने योजनासमेत अस्पतालले बनाएको छ ।’ ‘नर्सिङमा लगानीको नेतृत्व गर्न र विश्वव्यापी स्वास्थ्य सुरक्षित गर्न अधिकारहरूको सम्मान गर्न नर्स आवाज’ भन्ने मुल नाराका साथ मनाइएको नर्सिङ्ग दिवसका अवसरमा डाक्टर खड्काले भने ‘अस्पताल प्रशासन, कर्मचारी लगायत कर्णालीवासीको उत्साहजन साथ र सहयोगका कारण अस्पताल देशकै उत्कृष्ट बनेको छ, यस प्रति सबैमा धन्यवाद ।’ जसरी रथ चल्न दुई पाङ्ग्रा आवश्यक पर्छ त्यसै गरी स्वास्थ्य सेवा चल्नका लागि आवश्यक एक पाङ्ग्रा नसिङ्ग रहेको उल्लेख गरे । डा. खड्काले नागरिकहरुमा नर्सप्रति हेर्ने दृष्टिकोण बदल्न जागिरका लागि मात्र नभएर सेवा भावका साथ विरामीको घाउमा मलम पट्टी लगाउन दत्तचित्त भएर लाग्न नर्सहरुलाई आग्रहसमेत गरे ।

यस्तै प्रत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले नर्सहरुले विरामीप्रति देखाउने नकारात्मक व्यवहारका घटना सुनिने गरेको भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिए । साथै प्रा.डा खड्काले रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदानमा नर्स, डाक्टर तथा कर्मचारी सहित अस्पतालका करिव ७० जनाले रक्तदान गरेका थिए । सुर्खेतमा एकै पटक यति धेरैले रक्तदान गरेको यो पहिलो पटक हो । अबको केही समयमै प्रदेश अस्पतालले आफ्नै ब्लड बैंक स्थापना गर्दैछ । हाल प्रदेश अस्पतालमा आवश्यक पर्ने रगत नेपाल रेडक्रस सोसाईटीले पूर्ति गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया