सेनाको हेलिकोप्टरसहितको टोली पाँच ठाउँमा ‘स्ट्यान्डबाई’, ३० मिनेटभित्र घटनास्थल पुग्ने

नेपाली सेनाले चुनावको सुरक्षाका लागि पाँच ठाउँमा हेलिकोप्टरसहितको टोली ‘स्ट्यान्डबाइ’ राखेको छ । १० दिनअघिबाटै उपत्यकाबाहिर तीन ठाउँमा हेलिकोप्टरसहितको टोली स्याट्यान्डबाई राखेको नेपाली सेनाले उपत्यकासहित बिहीबारदेखि थप एक ठाउँ बर्दिबासमा समेत राखेकाे सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए ।

उनका अनुसार चुनावी सुरक्षा खतरालाई मध्यनजर गर्दै सेनाले पश्चिम कमान्डको सुर्खेत, मध्य कमान्डको पोखरा र पूर्वी कमान्डको इटहरीमा हेलिकोप्टरसहितको टोली ‘स्ट्यान्डबाइ’ राखेको थियाे ।

यसरी राखिएको टोली कुनै अप्रिय घटना भएको ३० मिनेटभित्र घटनास्थल पुग्ने प्रवक्ता सिलवालकाे भनाइ छ । सरकारले एकीकृत सुरक्षा योजनासहित सेनालाई समेत चुनावमा परिचालन गरेको हो । चैत मसान्तदेखि नै सेना चुनावी सुरक्षाका लागि खटिएकाे थियाे ।

सेनालाई मतदानस्थलको तेस्रो घेराको जिम्मा दिइएको छ । त्योबाहेक सेनाले मतपत्रलगायत निर्वाचन सामग्रीको सुरक्षा जिम्मा पाएको छ । हेलिकोप्टरबाहेक सेनाले अस्थायी शिविर पनि स्थापना गरिरहेको छ । जिल्लामा रहेका गण/गुल्मबाट समेट्न नसकिने स्थानमा अस्थायी क्याम्प राखेको हो ।

उनीहरूसँग बम डिस्पोज टोलीसमेत छन् ।

तपाईको प्रतिक्रिया