कांग्रेस उपसभापति खड्काले सूर्य ज्योति विधालयको केन्द्रबाट मतदान गर्ने

सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेतबाट स्थानीय तह निर्वाचनमा मतदान गर्दै छन् ।

शुक्रबार विहान सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को सूर्य ज्योति उच्च माध्यमिक विधालयको मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एकबाट खड्काले संघीय चुनाव लड्दै आएका छन् । पूर्व गृहमन्त्री खड्का केही दिनदेखि सुर्खेतमै छन् । उनी शुक्रबार मतदान गरेर मात्र काठमाडाैं फर्किने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया