स्थानीय तह निर्वाचन–२०७९

मतदान अधिकृतलाई कुटपिट गर्ने सई भट्ट निलम्बन

सुर्खेत । स्थानीय तह निर्वाचनमा खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरिएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा खटिएका मतदान अधिकृतलाई कुटपिट गरेको अरोपमा भट्टलाई निलम्बन गरिएको हो ।

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा उक्त मतदान स्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पु¥याउने काम गरेको भन्दै निलम्बन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्ष तथा प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीमगरलाई प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी भएकोले प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम ३ महिनाको लागि निलम्बन गरिएको जानकारी दिए ।

भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई बुधबार राति ११ बजेतिर धनबोट गाउँमा हतियार देखाउँदै कुटपिट गरेको आरोप लागेको थियो ।

प्रहरी वरिष्ठ नायव निरीक्षक भट्ट ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत रहेका थिए ।

तपाईको प्रतिक्रिया