पार्टीले अन्याय गरेको भन्दै वीरेन्द्रनगरमा एक महिलाले कपाल खुर्केर गरिन मतदान बहिष्कार (भिडिओसहित)

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका की एक महिलाले कपाल खुर्केर आफ्नो मतदान बहिष्कार गर्ने निर्णय गरेकि छन् । वीरेन्द्रनगर नगरपालिका–६ की चन्द्रा शाही (खड्का)ले स्थानीय तह निर्वाचन–२०७९ मा आफ्नो मत बहिष्कार गर्ने निर्णय हुन् ।

चन्द्राले सामाजिक सञ्जाल फेसकुबमा भिडियो सामाग्री पोष्ट गर्दै आफ्नै पार्टीबाट अन्याय भएको बताउँदै कुनै पनि दललाई मत नदिएर यसपालिको निर्वाचनमा अफ्नो मत बहिष्कार गर्ने बताएकी छन् ।

उनले आफ्नै फेसबुक आइडीमा पोष्ट गरेको भिडियोका अनुसार आफुले लामो समय पार्टीमा लागेर धेरै दुःख मेहनत र संघर्ष गरेका सबै कुरा पार्टीका नेताहरुले बिर्सेको भन्दै पीडा पोखेकी छन् । चन्द्राले पहिला नेपाली कांग्रेसले वडा सदस्य पदको टिकट दिने कुरा गरे पनि अन्तिमा आएर अर्कैलाई दिएको भन्दै कपाल खुर्केर चुनाव बहिष्कार गर्ने निर्णय गरेको भावना व्यक्त गरेकी छन् ।

उनले भिडियोमा भनेकी छन्, ‘महिले आज पार्टीका केन्द्रीय सभापती शेरबहादुर देउवा र आदहरणीय नेता पार्टी उपसभापति पूर्णबहादुर खड्का लगायत अन्य नेताहरुको नाममा मेरो इमान्दारिता पार्टी प्रतिको नैतिकता र लगनसिलतामा के कमिकमजोरी भयो ?, मेरो व्यक्तिगत र पार्टीमा महिले के गर्न सकिन ?, महिले गर्दा उहाँहरुलाई केही समस्या प¥यो कि ?, मैले कसैलाई जागिर खुवाएकी ?, के गरे मैलाई आज यसरी पछाडी पार्नु प¥यो ? र मेरो नाम किन हटाउँनु प¥यो ? यसको जानकारी पाउँन एकदमै जरुरी ठानेकी छु ।’

यस्तै, नेताहरुले पार्टीमा केही गर्लानकी भनेर लागेको थिए । तर, पनि केही नपाउँदा पार्टीले अन्याय गरेकोले आज आफुले ती नेताहरुको नाममा कपाल खुर्केर चुनावमा मत नदिने निर्णय गरेको स्पष्ट पारेकी छन् ।

https://www.facebook.com/chandra.shahikhadka.1/posts/534434068193766

तपाईको प्रतिक्रिया