स्थानीय तह निर्वाचन–२०७९

हुम्ला झडपमा घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार

प्रदेश अस्पतालमा उपचार हुँदै

सुर्खेत । झडपमा घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला पुगेर ढुंगामुढाबाट घाइते भएका कार्यालय सहयोगी काला रोकाया उद्धार गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयकाका अनुसार कार्यालय सहयोगी रोकायालाई सेनाको हेलिकप्टरबाट सुर्खेत विमान स्थलामा शुक्रबार दिउँसो साढे १२ बजे पु¥याएर उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको जनाएको छ । रोकाय सिमीकोट गाउँपालिका–६ का स्थानीयवासी हुन् ।

मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।

सहयोगी रोकायाको ठाउँकोमा गम्भीर चोट लागेको छ । झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य पनि घाइते भएका छन् उनको अवस्था सामान्य छ ।

यसअघिको समाचारमा अन्यथा भएकोले सच्याइएको छ । (सम्पादक)

तपाईको प्रतिक्रिया