भीषण हावाहुरी र वर्षाका कारण मतदान प्रभावित

सुर्खेत । एक्काशी आएकाे भिषण हावाहुरीसहितकाे वर्षाका कारण मतदान प्रभावित भएकाे छ । सुर्खेतकाे पश्चिम क्षेत्रबाट प्रवेश गरेकाे हावाहुरीसहितकाे माैसमका कारण मतदान प्रभावित भएकाे हाे । स्थानीय वायु र पश्चिमी वायुकाे प्रभावका कारण सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाहरुमा वर्षा भइरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाका माैसमविद् विनु महर्जनले नेपालीरैबारलाई जानकारी दिइन ।

उनकाअनुसार याे प्रणाली सुर्खेतहुँदै जाजरकाेटतर्फ सरिरहेकाे छ । पूर्व-उत्तरतर्फ सरिरहेकाे माैसमी प्रणाली लामाे समयसम्म नहरने माैसमविद् महर्जनकाे भनाइ छ । उनले याे प्रणालीका कारण हावाहुरीसहितकाे वर्षात् र चट्याङ्ग पर्ने भएकाेले सजकता अपनाउन आग्रह गरेकी छन् । हावाहुरीका कारण मतदानस्थलमा राखिएका टेन्टहरुमा क्षती पुगेकाे छ ।

तपाईको प्रतिक्रिया