मतदानमा खटिएका ढकालको दुर्घटनामा मृत्यु

सुर्खेत । आज भएको स्थानीय तहको निर्वाचनमा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३ मा रहेको हरि डिलभूमी माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका हृदयराम ढकाल वीरेन्द्रनगर–८ मा मोटरसाईकल दुर्घटना भएको हो ।


उनी सवार कर्णाली प्रदेश ०२–००१ ब ००११ नम्बरको मोटरसाईकल सडकमा रहेको खाल्डो बचाउँन खोज्दा सडक किनारामा रहेको जस्ताको पातामा टाउको ठोक्कीदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले नेपालीरैबारलाई जानकारी दिए । वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ । ढकाल वीरेन्द्रनगरको राजश्व उपशाखाका अधिकृत छैठौं पदमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया