सिम्तामा मतगणना नहुने

सुर्खेत । जिल्लाका पूर्वी भेगमा रहेको सिम्ता गाउँपालिकामा आज मतगणना नहुने भएको छ । सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा शुक्रबार विवाद भएपछि मतदान नै स्थगित भएको हो ।

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाएपछि दलका कार्यकर्ताले ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रण बाहिर गएपछि शुक्रबार दिउँसो २ बजेदेखी मतदान स्थगित गरिएको मतदान अधिकृतले सूचना प्रकाशित गरेका थिए । उक्त वडामा पुनः मतदान भएपछि मात्रै मतगणना शुरु गरिने निर्वाचन अधिृकतको कार्यालय सिम्ताका निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

उनले पुनः मतदान मिति निर्वाचन आयोगले तोक्ने भएकाले आयोगको निर्णय कुरीरहेको बताए । अन्य ७ वडामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गरेर मतपेटीकाहरु निर्वाचन अधिकृतको कार्यालय जामुने बजार राती नै ल्याइएको छ ।

तपाईको प्रतिक्रिया