सुर्खेत । दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीका उदय कामी विजयी भएका छन् ।
उनले ३१७ मत प्राप्त गरेका छन् । उनले आफ्ना प्रस्तिपर्धी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीलाई ४ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।
शाहीले ३१३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लछिराम केसीले २९६ मत प्राप्त गरेका छन् ।
नेपालीरैबार । २०७९ बैशाख ३१, शनिबार