चौकुने गाउँपालिकामा गठबन्धनलाई पछ्याउदै एमाले

सुर्खेत । चौकुने गाउँपालिकामा गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई एमालेले पछ्याइ रहेको छ ।

वडा नं. १ मा जम्मा दुई सय २० मत गणना हुँदा गठवन्धनले एकस ३ भोट प्राप्त गरेको छ भने, एमालले ५५ भोट प्राप्त गरेको छ ।

यस्तै वडामा कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार बनेका जिरकबहादुर बडुवालले ७१ मत प्राप्त गर्दा नेकपा समाजवादीका बलबहादुर कठायतले ६५ मत प्राप्त गरेका छन् ।

यस्तै एमालेका उम्मेदवार खिमबहादुर पुन ५८, माओवादीका पदम सावँदले १७ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

तपाईको प्रतिक्रिया