सिम्ताको खनेटामा जेठ २ गते पुनः मतदान हुने

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर १ को खनेटामा स्थगित भएको मतदान प्रक्रिया पुनः गरिने भएको छ ।

शुक्रबार मतदान भइरहेको बेला हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दुवै समूहको कार्यकर्ताले मतदान स्थलमा ढुंगामुढा गरेपछि मतदान स्थगित गरिएको हो ।

खनेटामा रहेको भगवती माध्यमिक विद्यालयको मतदान केन्द्रमा जेठ २ गते मतदान गर्ने निर्णय भएको सिम्ता गाउँपालिकाका निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

उनकाअनुसार मतदान विहान ७ बजेदेखी साँझ ५ बजेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया