गठबन्धनलाई चुनौतीदिँदै दुल्लुमा एमालेका शाहीको अग्रता

सुर्खेत । दैलेखेको दुल्लु नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै नेकपा एमालेका उम्मेद्वार रुद शाहीले अग्रता कायमै राखेका छन् । शुरुआती चरणदेखी नै अग्रता कायम राखेका शाही र नेपाली काँग्रेसका भरत रिजालविचको मतान्तर २४० रहेको छ । शाहीले १२४८ मत ल्याउँदा रिजालले १००८ मत ल्याएका छन् । रिजाललाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ ।

यस्तै, उपप्रमुख पदमा पनि एमालेकै सूर्य .विना कार्कीको अग्रता कायमै छ । कार्कीले ११८५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उपप्रमुख प्रमोद खड्काले ९३७ मत ल्याएका छन् । उप्रमुखमा मतान्तर २४८ छ ।

तपाईको प्रतिक्रिया